अर्जुन सिंह ऐर

About

Arjun Singh Air
View my complete profile

List of Posts

  • ▼  2020 (8)
    • ▼  September (4)
      • अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण ...
      • बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४
      • लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४
      • लोकसेवा तयारी सामग्री २०७७ भाद्र १७
    • ►  August (4)
  • ►  2016 (7)
    • ►  September (7)
Powered by Blogger.

This space is for for Advertise

Menu
  • HOME
  • BANKING
    • Notes
    • News
    • NRB
    • ADBL
    • RBBL
    • NBL
    • Vacancy-Result
  • NEWS
  • SERVICE COMMISSION
    • PSC
    • TSC
  • TECHNOLOGY
  • ABOUT
  • CONTACT
  • SITEMAP
  • Search form is empty!

Tuesday, September 8, 2020

बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४

  6:25 PM Arjun Singh Air   No comments

१. वि.सं. २०७७ भदौ २२ मा मनाइएको १७ औँ निजामती सेवा दिवसको नारा के हो ?
 स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन
नेपालमा वि.सं. २०६१ देखि हरेक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिएको ।
– वि.सं. २०६१ मा मनाइएको पहिलो निजामती सेवा दिवसको नाराः सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता रहेको ।
२. वन ऐन, २०७६ अनुसार वन्यजन्तुको जीवित वा मृत शरीर वा पहिचान गर्न सकिने अवस्थामा रहेको तिनीहरूको शरीरको कुनै अङ्ग एवं वन्यजन्तुको शरीरको कुनै पदार्थ वा त्यस्तो पदार्थको सम्मिश्रणबाट तयार भएको कुनै वस्तु समेतलाई के भनिन्छ ?
 आखेटोपहार
३. वन ऐन, २०७६ अनुसार ‘वन’ भन्नाले के बुझिन्छ ?
 पूर्ण वा आंशिक रूपमा रुख वा बुट्यानले ढाकिएको क्षेत्र
सो ऐनअनुसार निजी वन भन्नाले प्रचलित कानुन बमोजिम कुनै व्यक्तिको हक पुग्ने निजी जग्गामा लगाई हुर्काएको वा संरक्षण गरिएको वनलाई बुझिने ।
– राष्ट्रिय वन भन्नाले सरकारद्वारा व्यवस्थित वन, वन संरक्षण क्षेत्र, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन, कबुलियती वन, प्रदेशभित्रको राष्ट्रिय वन वा अन्तरप्रादेशिक वन बुझिने ।
४. नेपालको कुन ठाउँमा हाब्रे (रेडपान्डा) प्रजनन केन्द्र छ ?
 इलाम
५. इन्द्रसरोवर कहाँ पर्छ ?
 मकवानपुर ।
– मकवानपुर जिल्लामा पर्ने कुलेखानी जलविद्युत्् परियोजनाका लागि निर्मित ७ किलोमिटर लामो जलाशयलाई नै इन्द्रसरोवर भनिन्छ ।
–युवराज्ञीइन्द्रराज्यलक्ष्मीदेवी शाहको स्मृतिमा इँन्द्र सरोवर नामकरण गरिएको यो नेपालको सबैभन्दा ठूलो मानवनिर्मित ताल हो । यो ताल मत्स्यपालन र पर्यटकीय दृष्टिले आकर्षक स्थल बन्न पुगेको छ ।
६. खैराला दरबार कैलालीमा छ भने हतुवागढी दरबार कहाँ छ ?
भोजपुर
७. अण्डा पार्ने स्तनधारी जीव कुन हो ?
प्लेटिपस
८. ओलाङ्चुङगोला ताप्लेजुङमा पर्दछ भने छेकम्पार कहाँ पर्दछ ?
गोरखा
९. तमु सङ्ग्रहालय लमजुङमा छ भने लेप्चा सङ्ग्रहालय कहाँ छ ?
 इलाम
१०. विश्वमै सबैभन्दा सानो लालीगुराँसको फूल मुगु जिल्लास्थित राराताल क्षेत्रमा पाइन्छ भने सबैभन्दा ठूलो लालीगुराँसको फूल कहाँ पाइन्छ ?
 इलाम
११. प्रतिनिधि सभा निर्वाचन, २०७४ मा प्रत्यक्षतर्फ कति महिला उम्मेदवार विजयी भएका हुन्?
 छ जना ।
– (पवित्रा निरौला खरेल–झापा, पम्फा भुसाल–ललितपुर, पद्माकुमारी अर्याल–स्याङ्जा, दुर्गा पौडेल–प्युठान, कमला रोका–पूर्वी रुकुम र विना मगर–कञ्चनपुर)
१२. नेपाल सरकारले पाँच विकास क्षेत्रको प्रावधान खारेज गर्ने निर्णय कहिले गरेको हो?
 वि.सं. २०७५ चैत २८ गते ।
१३. ‘फ्रम थर्ड वल्र्ड टु फस्ट’ नामक कृतिका लेखक को हुन् ?
 ली क्वान यु ।
१४. नेपाललाई कहिलेसम्ममा डिजिटल नेपाल बनाउने घोषणा गरिएको छ ?
 सन् २०२५ सम्म ।
१५. ‘लेजर स्पिड गन’केसँग सम्बन्धित छ ?
 सवारी साधनको गति मापन प्रविधि ।
१६. प्रदेश १ ले तय गरेको प्रादेशिक मूल नारा के हो ?
स्वच्छ, सुखी र समुन्नत प्रदेश ।
१७. काठमाडौँ उपत्यकामा २० वर्ष पुराना सार्वजनिक सवारी साधन चलाउन कहिलेदेखि रोक लगाइयो ?
 वि. सं. २०७३ फागुन १८ गते ।
– यातायात व्यवस्था विभागका अनुसार फागुन १८ देखि उपत्यकामा २० वर्ष पुराना सार्वजनिक सवारी साधन सडकमा चल्न निषेध गरिएको । २० वर्ष नाघेका सार्वजनिक सवारी साधनको कर समेत नबुझ्ने, प्राविधिक परीक्षण नगर्ने, विक्री वितरण तथा नामसारी पनि नगरिने ।
– विभागका अनुसार तत्काल निजी, पर्यटक वाहक र सरकारी सवारीलाई २० वर्ष पुगेकै आधारमा नहटाइने । पहिलो चरणमा काठमाडौँबाट २० वर्ष पुराना सवारी हटाएर अर्को चरणमा उपत्यकाबाहिर त्यसको कार्यान्वयन अघि बढाउने निर्णय भएको ।
१८. काठमाडौँ उपत्यका विकास प्राधिकरण (केभीडीए) को स्थापना कहिले भएको हो ?
 वि.सं. २०६९ वैशाख १ गते ।
– सहरी विकास मन्त्रालय अन्तर्गत रहेको यसको मुख्य कार्यालय अनामनगर (काठमाडौँ) मा रहेको ।
१९. नेपाललाई कहिलेसम्म शून्य भोकमरी (जिरो हङ्गर) मुलुक बनाउने योजना छ ?
 सन् २०२५ सम्म ।
२०. विश्वकै ठूलो नोबेल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
 सन् १९०१ ।
– अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भने सन् १९६८ देखि दिन थालिएको । नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्वीडेनको राजधानी स्टकहोममा प्रदान गरिने । यो पुरस्कार संयुक्तरूपमा तीन जनासम्मले पाउन सक्ने ।
२१. संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा कहिले फहराइयो ?
 वि.सं. २०७६ असोज ३ गते ।
– (नेपालको संविधान दिवसको अवसरमा सो भवनमा एक मिनेट नेपाली झण्डा फहराइएको ।)
२२. लगानीको वातावरण सहज बनाउने उद्देश्यसाथ एकल बिन्दु सेवा केन्द्र कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ?
 वि.सं. २०७६ जेठ १ गते ।
– लगानीकर्तालाई सबै प्रकारका सेवा एकै स्थानबाट उपलब्ध होस् भनी यो सेवा सञ्चालन गरिएको । सेवाको सुरुवातपछि उद्योग सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया एकै स्थानबाट उपलब्ध हुने ।
२३.काठमाडौँमा विद्युतीय तारलाई भूमिगत गर्ने कार्यको आरम्भ कहिले गरिएको हो ?
 वि.सं. २०७६ फागुन ५ गते ।
२४.अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
 सेप्टेम्बर ८ तारिखमा ।
२५. औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?
 शुक्लपक्ष (ब्राइट हाफ) ।
– (पूर्णिमादेखि औँसीसम्मको समयावधिलाई कृष्णपक्ष (डार्क हाफ) भनिन्छ । शुक्लपक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः बढ्दै जान्छ भने कृष्णपक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः घट्दै जान्छ ।)
२६. नेपाल विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) को सदस्य कहिले बनेको हो ?
 सन् १९७५ । यो सङ्गठनको स्थापना सन् १९७५ जनवरी २ मा भएको ।
२७.नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ?
 वि.सं. २०५५ पुस १६ गते ।
– वि.संं २०१८ मा स्थापित पर्यटन विभागलाई खारेज गरी सरकार र निजीक्षेत्रको सहभागितामा सो बोर्ड स्थापना गरिएको । २०३३ फागुन १२ मा पर्यटन मन्त्रालयको स्थापना । उक्त मन्त्रालययमा वि.सं. २०३९ मा हवाई विभाग गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामकरण गरिएको । त्यस्तै संस्कृतिको कार्यसमेत थप गरी वि.सं. २०५७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बनाइएको ।
– राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिको गठन वि.सं.२०७२ जेठ ३१ मा गरिएको । यसको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहने ।
– पर्यटन परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने ।
२८.‘धवलागिरि आइसफल टे«क’ भनी कुन ‘ट्रेकिङ रुट’लाई चिनिन्छ ?
 म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते (करिब एक सय कि.मि.)
२९. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई सफा हावा दिवस घोषणा गरियो ?
 सेप्टेम्बर ७ तारिख ।
– सन् २०१९ डिसेम्बर १९ मा महासभाद्वारा सो दिवस घोषणा गरिएको ।
– नीलो आकाशका लागि सफा दिवसका रूपमा सो दिवस मनाइने (सन् २०२० देखि) राष्ट्रसङ्घले जनाएको ।
३०. नेपाल सरकारले कुन वर्षलाई वृक्षरोपण वर्षका रूपमा मनाउने घोषणा गरेको हो ?
 आ.व. २०७६÷७७
– वृक्षरोपण वर्षको औपचारिक सुरुवात वि.सं. २०७६ असार १४ मा गरिएको । नेपालमा हरेक वर्ष असार १४ मा वृक्षरोपण दिवस मनाइने भएको । 
प्रस्तुतकर्ता :  टङ्क के.सी.

Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg
Newer Post Older Post Home
Related Posts Widget

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)
  • Popular Post
  • Video
  • Category

Popular Posts

  • Association
        Association Men have different needs, desires, interest and ends. They have three ways to fulfill their ends. Firstly they may act ...
  • Institution
            Institution The concept of institution is one of the most important in the entire field of sociology. Institutions are the organs...
  • Society
             Society Society is a fundamental term of sociology. The term is derived from the Latin word “socius”, which means Companion ...
  • Community
          Community The term community is very loosely used. It is given different interpretation to meant different things like : religiou...
  • Recording of Transaction
    Journal Entries (Books of Original Entry) Methods of Dr. and Cr. 1-       Account based method       Personal Account (Natural &A...
  • Differences between society and community
    Differences between society and community Society Community 1.       Society is a web of social relation...
  • लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४
      १. नेपालको संविधानअनुसार देहायका व्यक्तिले आफ्नो पद तथा गोपनीयताको शपथ को समक्ष लिने व्यवस्था छ ?  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्र...
  • अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण प्रश्नहरु
      अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण प्रश्नहरु १) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? सन् १९४५ अक्टुवर २४ २) संयुक्त रा...
  • चेक (Cheque) भनेको के हो? ड्राफ्ट (Draft) भनेको के हो? चेक र ड्राफ्ट का प्रकार हरु र यिनीहरु बीच को भिन्न्ता हरु ।
    (क) चेक ( Cheque ) को अर्थ : चेक त्यो लिखित आदेशपत्र हो जसको माध्यमबाट मात्र बैंकबाट रकम पैसा निकाल्न सकिन्छ । बैंक खातामा पैसा जम्मा गर्ने...
  • बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४
    १. वि.सं. २०७७ भदौ २२ मा मनाइएको १७ औँ निजामती सेवा दिवसको नारा के हो ?  स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन नेपालमा वि.सं. २०...

Video Of Day

Blog Archive

  • ▼  2020 (8)
    • ▼  September (4)
      • अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण ...
      • बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४
      • लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४
      • लोकसेवा तयारी सामग्री २०७७ भाद्र १७
    • ►  August (4)
  • ►  2016 (7)
    • ►  September (7)

Headline

Integer elementum massa at nulla placerat varius. Suspendisse in libero risus, in interdum massa. Vestibulum ac leo vitae metus faucibus.

Followers

Top Sites

  • popcornradio.com
  • Pidza
  • weechi.com
  • gmdm.rocks
  • xmlbloggertemplates.com
Copyright © अर्जुन सिंह ऐर | Powered by Blogger Design by XML Blogger Templates