अर्जुन सिंह ऐर

About

Arjun Singh Air
View my complete profile

List of Posts

  • ▼  2020 (8)
    • ▼  September (4)
      • अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण ...
      • बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४
      • लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४
      • लोकसेवा तयारी सामग्री २०७७ भाद्र १७
    • ►  August (4)
  • ►  2016 (7)
    • ►  September (7)
Powered by Blogger.

This space is for for Advertise

Menu
  • HOME
  • BANKING
    • Notes
    • News
    • NRB
    • ADBL
    • RBBL
    • NBL
    • Vacancy-Result
  • NEWS
  • SERVICE COMMISSION
    • PSC
    • TSC
  • TECHNOLOGY
  • ABOUT
  • CONTACT
  • SITEMAP
  • Search form is empty!

Tuesday, September 8, 2020

लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४

  6:20 PM Arjun Singh Air   No comments

 १. नेपालको संविधानअनुसार देहायका व्यक्तिले आफ्नो पद तथा गोपनीयताको शपथ को समक्ष लिने व्यवस्था छ ?

 राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री, प्रदेश प्रमुख, प्रदेशको मुख्यमन्त्री, प्रदेशको मन्त्री, प्रदेशको राज्यमन्त्री, प्रदेशको सहायकमन्त्री । नेपालको संविधानअनुसार देहायका व्यक्तिले आफ्नो पद तथा गोपनीयताको शपथ देहायका व्यक्तिसमक्ष लिने व्यवस्था छ ः
क. राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष,
ख. उपराष्ट्रपतिले राष्ट्रपति समक्ष,
ग. प्रधानमन्त्रीले राष्ट्रपति समक्ष,
घ. उपप्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष,
ङ. मन्त्रीले राष्ट्रपतिसमक्ष,
च. राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष,
छ. सहायकमन्त्रीले प्रधानमन्त्रीसमक्ष,
ज. प्रदेशप्रमुखले राष्ट्रपतिसमक्ष,
झ. प्रदेशको मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष,
ञ. प्रदेशको मन्त्रीले प्रदेश प्रमुखसमक्ष,
ट. प्रदेशको राज्यमन्त्रीले प्रदेशको मुख्यमन्त्रीसमक्ष,
ठ. प्रदेशको सहायकमन्त्रीले प्रदेशको मुख्यमन्त्रीसमक्ष ।
२. नागरिकका दायित्व भन्नाले के बुझिन्छ ? नेपालको संविधानमा नागरिकका दायित्व सम्बन्धमा के उल्लेख गरिएको छ ?
 देशको संविधान ऐन नियमको पालना गर्ने, समाजमा सामाजिक सद्भाव कायम गर्ने, मुलुकको आर्थिक, सामाजिक विकासमा सक्रिय रहने जस्ता सकारात्मक भूमिका निर्वाह गर्ने नागरिकका कर्तव्यलाई नागरिकका दायित्व भनिन्छ । देशप्रति समर्पित, देशभक्ति, राष्ट्रप्रेम जस्ता भावनात्मक पक्ष तथा आफूले निर्वाह गर्नुपर्ने कर्तव्य दुवैलाई यसले समेट्छ ।
– नेपालको संविधानमा नागरिकका दायित्व
नेपालको संविधानको धारा ४८ मा नागरिकका कर्तव्य भनेर केही विषय उल्लेख गरिएको छ, ती कर्तव्यलाई प्रत्येक नागरिकले पालना गर्नुपर्ने हँुदा त्यस्ता कर्तव्यहरू नागरिकका दायित्व पनि हुन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
– राष्ट्रप्रति निष्ठावान हुनु,
– नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु,
– संविधान र कानुनको पालना गर्नु,
– राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु,
– सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु ।
३. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार जिल्ला समन्वय अधिकारीको काम, कर्तव्य र अधिकार के के हुन् ? उल्लेख गर्नुहोस् ।
 जिल्ला सभाको प्रशासकीय प्रमुखको रूपमा काम गर्ने जिल्ला समन्वय अधिकारीको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९४ मा उल्लेख छः
– जिल्ला सभा र जिल्ला समन्वय समितिको सचिवको रूपमा काम गर्ने,
– जिल्ला समन्वय समितिको निर्णय कार्यान्वयन गर्ने, गराउने,
– जिल्लास्थित सङ्घ र प्रदेश सरकारका कार्यालय तथा स्थानीय तहबीच समन्वय गर्ने गराउने,
– जिल्ला सभाको आर्थिक कारोबारको हिसाब अभिलेख दुरुस्त राख्ने,
– आय र व्ययको लेखापरीक्षण गराउने,
– बेरुजु फछ्र्यौट गराउने,
– बेरुजु मिनाहको प्रस्ताव तयार गरी जिल्ला समन्वय समितिमा पेस गर्ने,
– जिल्ला सभाको चलअचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने, गराउने,
– जिल्ला समन्वय समितिको प्रमुखको निर्देशनमा जिल्ला समन्वय समिति तथा सभाको बैठक बोलाउने, निर्णयको माइन्यूट गर्ने, निर्णय प्रमाणित गर्ने र बैठकसम्बन्धी आवश्यक कार्य गर्ने, गराउने,
– जिल्ला सभाले गर्नु पर्ने खरिदसम्बन्धी योजना तयार गरी खरिद कार्य गर्ने, गराउने, जिल्ला सभा, जिल्ला समन्वय समिति वा जिल्ला समन्वय समितिको प्रमुखले तोकेका अन्य कार्यहरू गर्ने ।
४. नेपालमा हाल वितरण गर्न थालिएको राष्ट्रिय परिचयपत्रबारे चर्चा गर्नुहोस् ।
 गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वितरण गर्दै आएको व्यक्तिको व्यक्तिगत तथा जैविक विवरण समावेश भएको बायोमेट्रिक सुविधायुक्त प्रमाणपत्र राष्ट्रिय परिचयपत्र हो । सबै नेपालीको बायोमेट्रिक पहिचान र पृथक् नम्बरसहितको राष्ट्रिय परिचयपत्र पाँचथर जिल्लाबाट सुरु भई अन्य जिल्लामा विस्तार भएको छ । बहुउपयोगी यो प्रमाणपत्र दुई वर्षभित्र एक नेपालीले एकभन्दा बढी परिचयपत्र बोक्नु नपर्ने व्यवस्था गरिने भएको छ । चिप प्रविधिमा आधारित यो परिचयपत्र तत्कालका लागि १६ वर्ष पुगेका नागरिकता लिएका व्यक्तिलाई मात्र दिइने र पछि सबैलाई वितरण गर्ने योजना छ । अनलाइन प्रणालीबाट पनि फाराम भर्न सकिने यस प्रमाणपत्रमा व्यक्तिको नामथर, जन्ममिति, लिङ्ग, बाबुआमाको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम, औँलाछाप, आँखाको नानी, फोटो, राष्ट्रियता, हस्ताक्षर उल्लेख भएको हुन्छ । नेपालको विशिष्ट व्यक्तिहरूलाई वितरण गरिसकिएको यो परिचयपत्र व्यक्तिको राष्ट्रिय परिचयपत्रको रूपमा, मतदाता परिचयपत्रको रूपमा, जग्गाजमिन र अन्य सम्पत्तिको अभिलेखको रूपमा, बैकिङ् कारोबारका रूपमा, सामाजिक सुरक्षा कार्डका रूपमा तथा सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखका रूपमा प्रयोग गर्न सकिन्छ ।
राष्ट्रिय परिचयपत्रका फाइदा ः
– प्रत्येक व्यक्तिको स्पष्ट पहिचान,
– व्यक्तिको जैविक तथा व्यक्तिगत विवरण रहने,
– एउटै परिचयपत्रबाट विभिन्न सेवा सुविधा प्राप्त गर्न सकिने, राष्ट्रिय विकासका योजना तथा कार्यक्रम निर्माण र सञ्चालन एवं सुरक्षा कायम गर्न सहयोग पुग्ने,
– नेपाली, गैर नेपाली तथा विदेशीको तथ्याङ्क यकिन हुने, दोहोरो परिचयपत्र तथा नक्कली परिचयपत्र बनाउने जस्ता अपराध नियन्त्रण हुने ।
५. सामुदायिक स्वास्थ्यको अवधारणा चर्चा गर्दै नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्या पहिचान गर्नुहोस् ।
 समुदायका व्यक्तिहरूले समुदायका लागि समुदायमा रहेका स्वास्थ्य समस्या पहिचान गरी तिनको समाधान गर्न, व्यक्तिगत तथा वातावरणीय स्वास्थ्यमा सुधार ल्याउन गरिने क्रियाकलापलाई सामुदायिक स्वास्थ्य भनिन्छ । यसको मूलभूत उद्देश्य समुदायको स्वास्थ्यस्तर उकास्नु हो । व्यक्तिले आफ्नो स्वास्थ्य सुधार गर्न व्यक्तिगत प्रयासबाट मात्र सम्भव नहुने हुनाले सामुदायिक स्वास्थ्यको अवधारणा अगाडि ल्याइएको हो । त्यसैले समुदायको स्वास्थ्य सुधार गर्न व्यक्ति, परिवार, समुदाय एवं राष्ट्र सबैको संयुक्त प्रयास हुनुपर्दछ ।
नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्या
भौगोलिक कठिनाइ, जनचेतनाको अभाव, औषधिको अभाव, स्वास्थ्यकर्मीको अभाव आदि जस्ता कारणले नेपालको सामुदायिक स्वास्थ्य विभिन्न समस्याबाट ग्रसित छ । हिमाल, पहाड, तराई सबैमा स्वास्थ्य समस्या छन् । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी सामुदायिक स्वास्थ्य समस्या देखिएका छन् । समग्रमा नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्याहरू निम्न छन् ः
– सरुवा रोग जस्तैः झाडापखाला, हैजा, आउँ, जुका आदिको प्रकोप,
– शिशु मृत्युदर, बाल मृत्युदर, मातृ मृत्युदर उच्च ,
– सन्तुलित भोजनबारे जानकारी नहुनु,
– कुपोषण बढ्दै जानु, जीवनशैली अस्वस्थकर,
– स्वास्थ्य सेवाको कमी,
– स्वास्थ्य शिक्षाको कमी,
– ग्रामीण बस्तीहरूमा स्वास्थ्यसम्बन्धी दक्ष जनशक्तिको अभाव,
– धूमपान, मद्यपान एवं लागूपदार्थको सेवन गर्नेको सङ्ख्या बढ्दै जानु,
– समग्र स्वास्थ्य सेवा महँगो हुनु, गरिबको पहुँचमा सर्वसुलभ हुन नसक्नु ।
६. भ्रष्टाचार नियन्त्रणमा राष्ट्रिय सतर्र्कता केन्द्रको भूमिकाबारे लेख्नुहोस् ।
भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी ढङ्गले नियन्त्रण गर्न तथा भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्न प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने गरी राष्ट्रिय सतर्कता केन्द्र स्थापना गरिएको हो । निजामती सेवाको विशिष्टश्रेणीको अधिकृत प्रमुख रहने यस केन्द्रले नेपाल सरकारका सबै मन्त्रालय, विभाग, कार्यालय र सार्वजनिक संस्थाबाट सम्पादन हुनुपर्ने कार्यहरू नियमित रूपमा भए नभएको विषयमा सूचना सङ्कलन गर्ने र त्यस्ता निकायबाट नियमित रूपमा हुनुपर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो विषयमा सतर्क गर्दै आएको छ । भ्रष्टाचार नियन्त्रणमा यसको भूमिकालाई निम्नानुसार लेख्न सकिन्छ ः
– सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रचलित कानुनबमोजिम दिइएको सम्पत्तिविवरण र आयको अनुगमन गर्ने,
– भ्रष्टाचार हुन सक्ने स्थान वा काममा नियमित निगरानी राख्ने, छड्के जाँच र अन्वेषण गर्ने आवश्यक व्यवस्था मिलाउने,
– भ्रष्टाचार नियन्त्रण सम्बन्धमा अपनाउनुपर्ने नीति, रणनीति र तत्सम्बन्धी कानुनमा कुनै सुधार गर्नुपर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
– भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचारसम्बन्धी आवश्यक विवरण वा सूचना प्राप्त गरी अद्यावधिक गराइराख्ने,
– भ्रष्टाचारसम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखीपठाउने,
नेपाल सरकारले तोकेको अन्य कार्य गर्ने, गराउने ।
७. वातावरण व्यवस्थापनको लागि सरकारी, निजी क्षेत्र र सामुदायिक सङ्गठनहरूको भूमिका उल्लेख गर्नुहोस् ।
प्राकृतिक स्रोतसाधनमा नकारात्मक प्रभाव नपारी सन्तुलन कायम गर्ने कार्य वातावरण व्यवस्थापन हो । यस कार्यमा सरकारी क्षेत्र, निजीक्षेत्र र सामुदायिक सङ्गठनहरूको ठूलो भूमिका हुन्छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
सरकारी क्षेत्रको भूमिका
– वनजङ्गल, जलाधार, पानी पोखरीको संरक्षण गर्ने, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हरित विकासको अवधारणा अवलम्बन गर्ने,
– विकास निर्माणमा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गर्ने,
– वायु, जल, ध्वनि, खाद्य, औद्योगिक, भू–प्रदूषण रोक्न गुणस्तर तथा मापदण्ड तय गर्ने ।
– निजीक्षेत्रको भूमिका सरकारले लागू गरेका नीति, कानुन तथा मापदण्ड पालना गर्ने, उद्योग, कलकारखानाबाट निष्कने फोहोरको उचित व्यवस्था गर्ने,
– वातावरणमैत्री सार्वजनिक निर्माणकार्य गर्ने,
– सामाजिक उत्तरदायित्व वहन गर्ने ।
– सामुदायिक सङ्गठनको भूमिका
– प्राङ्गारिक मलको प्रयोगमा जोड दिने,
– गाँउघरमा शौचालय र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने,
– वन विनाश हुनबाट रोक्ने, फोहोरमैलाको उचित व्यवस्थापन गर्न सहयोग गर्ने । 
प्रस्तुतकर्ता ः हेमचन्द्र शर्मा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg
Newer Post Older Post Home
Related Posts Widget

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)
  • Popular Post
  • Video
  • Category

Popular Posts

  • Association
        Association Men have different needs, desires, interest and ends. They have three ways to fulfill their ends. Firstly they may act ...
  • Institution
            Institution The concept of institution is one of the most important in the entire field of sociology. Institutions are the organs...
  • Society
             Society Society is a fundamental term of sociology. The term is derived from the Latin word “socius”, which means Companion ...
  • Community
          Community The term community is very loosely used. It is given different interpretation to meant different things like : religiou...
  • Recording of Transaction
    Journal Entries (Books of Original Entry) Methods of Dr. and Cr. 1-       Account based method       Personal Account (Natural &A...
  • Differences between society and community
    Differences between society and community Society Community 1.       Society is a web of social relation...
  • लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४
      १. नेपालको संविधानअनुसार देहायका व्यक्तिले आफ्नो पद तथा गोपनीयताको शपथ को समक्ष लिने व्यवस्था छ ?  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्र...
  • अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण प्रश्नहरु
      अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण प्रश्नहरु १) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? सन् १९४५ अक्टुवर २४ २) संयुक्त रा...
  • चेक (Cheque) भनेको के हो? ड्राफ्ट (Draft) भनेको के हो? चेक र ड्राफ्ट का प्रकार हरु र यिनीहरु बीच को भिन्न्ता हरु ।
    (क) चेक ( Cheque ) को अर्थ : चेक त्यो लिखित आदेशपत्र हो जसको माध्यमबाट मात्र बैंकबाट रकम पैसा निकाल्न सकिन्छ । बैंक खातामा पैसा जम्मा गर्ने...
  • बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४
    १. वि.सं. २०७७ भदौ २२ मा मनाइएको १७ औँ निजामती सेवा दिवसको नारा के हो ?  स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन नेपालमा वि.सं. २०...

Video Of Day

Popular Posts

  • Association
        Association Men have different needs, desires, interest and ends. They have three ways to fulfill their ends. Firstly they may act ...
  • Institution
            Institution The concept of institution is one of the most important in the entire field of sociology. Institutions are the organs...
  • Society
             Society Society is a fundamental term of sociology. The term is derived from the Latin word “socius”, which means Companion ...
  • Community
          Community The term community is very loosely used. It is given different interpretation to meant different things like : religiou...
  • Recording of Transaction
    Journal Entries (Books of Original Entry) Methods of Dr. and Cr. 1-       Account based method       Personal Account (Natural &A...
  • Differences between society and community
    Differences between society and community Society Community 1.       Society is a web of social relation...
  • लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४
      १. नेपालको संविधानअनुसार देहायका व्यक्तिले आफ्नो पद तथा गोपनीयताको शपथ को समक्ष लिने व्यवस्था छ ?  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्र...
  • अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण प्रश्नहरु
      अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण प्रश्नहरु १) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? सन् १९४५ अक्टुवर २४ २) संयुक्त रा...
  • चेक (Cheque) भनेको के हो? ड्राफ्ट (Draft) भनेको के हो? चेक र ड्राफ्ट का प्रकार हरु र यिनीहरु बीच को भिन्न्ता हरु ।
    (क) चेक ( Cheque ) को अर्थ : चेक त्यो लिखित आदेशपत्र हो जसको माध्यमबाट मात्र बैंकबाट रकम पैसा निकाल्न सकिन्छ । बैंक खातामा पैसा जम्मा गर्ने...
  • बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४
    १. वि.सं. २०७७ भदौ २२ मा मनाइएको १७ औँ निजामती सेवा दिवसको नारा के हो ?  स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन नेपालमा वि.सं. २०...

Blog Archive

  • ▼  2020 (8)
    • ▼  September (4)
      • अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण ...
      • बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४
      • लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४
      • लोकसेवा तयारी सामग्री २०७७ भाद्र १७
    • ►  August (4)
  • ►  2016 (7)
    • ►  September (7)

Headline

Integer elementum massa at nulla placerat varius. Suspendisse in libero risus, in interdum massa. Vestibulum ac leo vitae metus faucibus.

Followers

Top Sites

  • popcornradio.com
  • Pidza
  • weechi.com
  • gmdm.rocks
  • xmlbloggertemplates.com
Copyright © अर्जुन सिंह ऐर | Powered by Blogger Design by XML Blogger Templates