अर्जुन सिंह ऐर

About

Arjun Singh Air
View my complete profile

List of Posts

  • ▼  2020 (8)
    • ▼  September (4)
      • अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण ...
      • बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४
      • लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४
      • लोकसेवा तयारी सामग्री २०७७ भाद्र १७
    • ►  August (4)
  • ►  2016 (7)
    • ►  September (7)
Powered by Blogger.

This space is for for Advertise

Menu
  • HOME
  • BANKING
    • Notes
    • News
    • NRB
    • ADBL
    • RBBL
    • NBL
    • Vacancy-Result
  • NEWS
  • SERVICE COMMISSION
    • PSC
    • TSC
  • TECHNOLOGY
  • ABOUT
  • CONTACT
  • SITEMAP
  • Search form is empty!

Friday, September 18, 2020

अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण प्रश्नहरु

  5:10 PM Arjun Singh Air   No comments

 अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण प्रश्नहरु


१) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ?

सन् १९४५ अक्टुवर २४

२) संयुक्त राष्ट्र संघको सूची अनुसार भूपरिवेष्ठित राष्ट्रको सूचीमा कति राष्ट्र छन् ?

३१

३) Structural Adjustment Programmed (SAP) कार्यक्रम सञ्चालन गर्ने संस्था कुन हो ?

विश्व वैंक

४) संयुक्त राष्ट्रसंघद्वारा सन्् १९७४ लार्ई कुन वर्षको रूपमा मनाइयो ?

विश्व जनसंख्या वर्ष

५) अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ छ ?

हेग

६) संयुक्त राष्ट्र संघको सूचीमा अल्प विकसित समूहमा कति राष्ट्र छन् ?

४८

७) संयुक्त राष्ट्रसंघका महासचीवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ?

अन्तर्राष्ट्रिय न्यायालय

८) विश्व हुलाक संघ (Universal Postal Union) को नेपालले कहिले सदस्यता प्राप्त ग¥यो ?

वि.सं. २०१३

१०) संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइयो ?

सन् १९४७ अक्टोवर २० देखि

११) संयुक्त राष्ट्रसंघ अन्तर्गत आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को क्षेत्रीय कार्यालय कतिवटा छन् ?

५ वटा

१२) संयुक्त राष्ट्रसंघको बजेट निर्धारण गर्ने काम कसको हो ?

महासभा

१३) नेपालको कला तथा संस्कृतिको संरक्षणमा सबैभन्दा बढी योगदान पु¥याएको अन्तर्राष्ट्रिय संस्था कुन हो ?

UNESCO

१५) नेपालले कहिले सुरक्षा परिषदमा रही विश्वमा शान्ति स्थापनामा सहयोग पु¥याएको थियो ?

सन् १९६९-७० मा र पुनः १९८८-८९

१८) UNO सम्वद्ध कम विकसित, भूपरिवेष्ठित र साना टापुराष्ट्रहरूक

ो विकाशोन्मुख मुलुक समूह कहिले गठन भयो ?

सन् २००१

१९) बंगलादेशले UNO को कहिले सदस्यता प्राप्त ग¥यो ?

सन् १९७४-९-१७

२०. UNO को पहिलो विशिष्टीकृत संस्था कुन हो ?

ILo

२१. UNO को ५१ औंं संस्थापक सदस्य राष्ट्रका रूपमा हस्ताक्षर गर्ने राष्ट्र कुन हो ?

पोल्याण्ड

२२. संयुक्त राष्ट्र संघको कार्यालयमा प्रयोग गरिने भाषाहरू कुन कुन हुन् ?

अंग्रेजी र फ्रेन्च

२३. राष्ट्रसंघ स्थापना गर्ने सन्धिलार्ई के भनिन्छ ?

भर्सिलिज सन्धि

२४. राष्ट्रसंघ कुन प्रणाली अन्तर्गत रहेको थियो ?

अर्ध संगठन/अर्ध सम्मेलन

२६. An Agenda for Peace प्रतिवेदन पेश गर्ने UNO का महासचीव को हुन् ?

डा.वुत्रोस वुत्रोस घाली

२७. संयुक्त राष्ट्र संघको अंगहरू मध्ये हाल Function Lees भएको अंग कुन हो ?

जिम्मा जमानी परिषद

२८. UNO को स्थापना गर्न कति ओटा वैठक बसेका थिए ?

८

२९. स्वीजरल्याण्डले कहिले UNO को सदस्यता प्राप्त ग¥यो ?

सन् २००२

३०. सूरक्षा परिषदमा एफ्रो एशीयाली क्षेत्रबाट कति सदस्य छन् ?

५

३१. संयुक्त राष्ट्र संघको आव्हानमा सन् २००० देखि २०१२ सम्मका लागि कुन दशकको रूपमा मनाउने निर्णय गरिएको छ ?

सयुक्त राष्ट्र संघीय साक्षरता दशक

३२. सुडानको जनमत संग्रहको अनुगमन गर्ने उच्चस्तरीय राष्ट्र संघीय प्यानलमा चयन हुने नेपाली को हुन् ?

भोजराज पोखरेल

३३. संयुक्त राष्ट्र संघले कहिलेसम्ममा विश्वमा आधा गरिबी घटाउने लक्ष्य लिएको छ ?

सन् २०१५ सम्ममा

३४. अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघको प्रधान कार्यालय कहाँ रहेको छ ?

मन्ट्रियल

३५. संयुक्त राष्ट्रसंघमा अति कम विकसित, भुपरिवेष्ठित तथा विकासशील साना टापु मुलुकहरूका लागि उपमहासचीव बन्नु भएको नेपालकै प्रथम व्यक्तित्व को हो ?

ज्ञानचन्द्र आचार्य

३६. वान कि मुनUNO को कति औंं महासचीव हुन् ?

८ औं

३७. विश्व हुलाक संघ (UPU) को प्रधान कार्यालय कहाँ छ ?

वर्न

३८. UNO को सदस्यता स्थगित गर्ने पहिलो देश कुन हो ?

इन्डोनेशीया

३९. अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आइटियु) को प्रतिवेदन अनुसार विश्वका १५५ मुलुकहरू मध्ये सूचना प्रविधि विकास परिसूचकमा नेपाल कति औंं स्थानमा परेको छ ?

१३७ औं

४०. विश्व बैंकको स्थापना कहिले भएको हो ?

सन् १९४५ डिसेम्बर २७

४१. संयुक्त राष्ट्र संघद्वारा मानव अधिकार घोषणा पत्र कहिले जारी गरीएको हो ?

सन् १९४८

४२. राष्ट्र संघको स्थापना कहिले भयो ?

१० जनवरी १९२०

४३. राष्ट्रसंघ जनसंख्या कोषले सार्वजनिक गरेको विश्व जनसंख्याको अवस्था नामक प्रतिवेदनमा कम उमेरमा वच्चा जन्माउनेमा सवै भन्दा बढी कुन देशका नागरिक छन् र कति प्रतिशत छन ?

नाईजर, ५१

४४. UNO महासभालार्ई सम्बोधन गर्ने प्रथम नेपाली को हुन् ?

चुडाप्रसाद

४५. “मानव तथा जीव समूह” नामक कार्यक्रम चलाउने संस्था कुन हो ?

UNESCO

४६. संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १९ औंं शिखर सम्मेलन सन् २०१३ को नोभम्बर ११–२२ सम्म कुन देशमा भएको थियो ?

पोल्याण्ड

४७. संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १९२ राष्ट्र सम्मिलित १५ औं शिखर सम्मेलन कहिले भएको थियो ?

डिसेम्वर –१८, २००९

४८. संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १८ औंं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

२६ नोभेम्बर देखि ७ डिसेम्बर २०१२, कतारको दोहामा

४९. राष्ट्र संघ (League of Nations) को स्थापना हुँदा संस्थापक सदस्य राष्ट्र कति थिए ?

२७

५०. संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्ने पहिलो सार्क मुलुक भारत हो भने अन्तिम मुलुक कुन हो ?

वंगलादेश

५१. UN को सदस्यता लिने हालसम्मको अन्तिम देश कुन हो ?

दक्षिण सुडान

५२. संयुक्त राष्ट्रसंघको १९३ औंं सदस्यको रूपमा सदस्यता प्राप्त गर्ने देश कुन हो ?

दक्षिण सुडान

५३. संयुक्त राष्ट्रसंघले सबैभन्दा पछि मान्यता दिएको भाषा कुन हो ?

अरबी

५४. नेपाल सर्वप्रथम सदस्य वनेको संस्था कुन हो ?

ECAFE

५५. सन् २०११ लार्ई संयुक्त राष्ट्र संघले कुन वर्षको रूपमा घोषणा गरेको थियो ?

अन्तर्राष्ट्रिय वन वर्ष

५६. राष्ट्रसंघीय मिसन् UNMIN कहिलेदेखि नेपालबाट औंपचारिक रूपमा बिदा भयो ?

माघ १, २०६७

५७. राष्ट्रसंघको प्रमूख अंग कति थिए ?

३

५८. UN को आधिकारिक वेभ साइटका अनुसार हाल UNO का विशिष्टिकृत संस्था कति रहेका छन् ?

१५

५९. UNO सूरक्षा परिषद्का अस्थायी सदस्य राष्ट्रहरूको निर्वाचन कसरी गरिन्छ ?

भौगोलिक क्षेत्रको कोटामा महासभाको दुई तिहाई बहुमतबाट

६०. संयुक्त राष्ट्रसंघका महासभाका मुख्य समितिहरू कति ओटा छन् ?

६ वटा

६१. संयुक्त राष्ट्रसंघको महासभाको बैठक कहिलेदेखि सुरु हुन्छ ?

प्रत्येक वर्षको सेप्टेम्बर महिनाको तेस्रो मंगलबार

६२. UNO सूरक्षा परिषदमा कसलार्ई Veto प्रयोग गर्ने अधिकार छ ?

५ स्थायी सदस्य राष्ट्रहरूलार्ई

६३. UNO महासभामा प्रत्येक सदस्य राष्ट्रले ५–५ जना प्रतिनिधि पठाउने सक्ने भएता पनि मतदानमा कति सहभागी हुन पाउने व्यवस्था छ ?

१ जना

६४. महासभामा महत्वपूर्ण विषयमा निर्णय गर्दा कति बहुमतले अनुमोदन गर्नुपर्छ ?

दुई तिहाई

६५. संयुक्त राष्ट्रहरूको कुन अंगलार्ई निषेधाधिकार (Veto) प्रयोग गर्ने अधिकार छ ?

सूरक्षा परिषद

६६. अहिलेसम्म सबैभन्दा धेरै पटक नोबल पुरस्कार पाउने संस्था कुन हो ?

UNHCR

६७. संयुक्त राष्ट्रसंघका महासचीव वान कि मुनको दोश्रो कार्यकाल कहिलेदेखि कहिले सम्म हो ?

सन्२०१२ जनवरीदेखि २०१६ डिसेम्बरसम्म

६८. League of Nation का प्रथम महासचीव को हुन् ?

James Eric Drummond

६९. सार्क लगायत अन्य अन्तर्राष्ट्रिय संगठनहरू UN को कुन धारा अन्तर्गत स्थापना भएका हुन् ?

धारा ५२

७०. संयुक्त राष्ट्र संघको विशिष्टीकृत संस्था ICAO(International Civil Aviation Organization ) को कार्यालय कहाँ रहेको छ ?

मन्ट्रियल

७१. अमेरिकी राष्ट्रपति Woodrow Wison को सक्रिय सहभागितामा स्थापना भएकोLegue of Nation को प्रधान कार्यालय कहाँ रहेको थियो ?

जेनेभा

७२. अन्तर्राष्ट्रिय न्यायालयको गणपुरक संख्या कति हो ?

९

७३. संयुक्त राष्ट्र संघको वडापत्रमा २६ जुन १९४५ मा हस्ताक्षर गरियो भने उक्त वडापत्रमा हस्ताक्षर गर्ने पोल्याण्ड सहित कति संस्थापक राष्ट्रहरू रहेका थिए ?

५१

७४. संयुक्त राष्ट्र संघ नामाकरण गर्ने श्रेय कसलार्ई जान्छ ?

फ्रयांकलिन रुजवेल्ट

७६. संयुक्त राष्ट्र संघका आधिकारिक भाषा कति रहेका छन् ?

६

७७. अरवी भाषालार्ई सन् १९७३ मा साधारणसभाले आधिकारिक भाषाको रूपमा मान्यता दिएको हो, भने सूरक्षा परिषदले कहिले मान्यता दिएको हो ?

सन् १९८२

७८. संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्ने आधारहरूमा देहायको कुन भनाइ सहि छैन ?

क) शान्तिप्रीय राष्ट्रको आवश्यकता

ख) लगातार २ वर्ष सम्म आर्थिक सहयोग

ग) महासभाको दुई तिहाइ वहुमत

घ) सूरक्षा परिषदको ५ स्थायी सहित ९ सदस्यको सिफारिश

८०. सर्वप्रथम Veto प्रयोग गर्ने राष्ट्र बेलायतले कुन निर्णय विरुद्ध Veto प्रयोग गरेको थियो ?

इजिप्टबाटAnglo French सैनिक हटाउने निर्णय

८१. संयुक्त राष्ट्रसंघको विचार विमर्श गर्ने प्रमूख विमर्शकारी अंग कुन हो ?

महासभा

८२. कम्वोडियाको भाषालार्ई खमेर भनिन्छ, भने मले कुन देशको भाषा हो ?

ब्रुनाइ

८३. कस्ता विषयहरूमा महासभाले वहुमतको आधारमा निर्णय लिन सक्छ ?

साधारण बिषयहरुमा

८४. सूरक्षा परिषदमा कति सदस्य रहेका छन् ?

१५

८७. सूरक्षा परिषदको अस्थायी सदस्यहरूको निर्वाचन कति वर्षको लागि गरिन्छ?

२

८८. सूरक्षा परिषदका १० अस्थायी राष्ट्र मध्ये पूर्वी यूरोप राष्ट्र र पश्चिम यूरोप राष्ट्र तथा अन्यबाट क्रमशः कति राष्ट्र चुनिन्छन् ?

पूर्वी यूरोप १ र पश्चिम यूरोप २

८९. आर्थिक तथा सामाजिक परिषदमा कति सदस्य रहन्छन् ? ५४

९०. आर्थिक तथा सामाजिक परिषदका ५४ सदस्यहरू कति वर्षको लागि चुनिन्छन् ?

३ वर्ष

९१. आर्थिक तथा सामाजिक परिषदमा एशिया महादेश बाट ११ राष्ट्र तथा ल्याटिन अमेरिका बाट १० वटा राष्ट्र चुनिन्छन्, भने पूर्वी यूरोप, अफ्रिका र पश्चिम यूरोप तथा अन्य राष्ट्रबाट क्रमशः कति राष्ट्र चुनिने व्यवस्था छ ?

पूर्वी यूरोप ६, अफ्रिका १४ र पश्चिम यूरोप १३

९२. अन्तर्राष्ट्रिय न्यायलयका न्यायधिशहरूको पदावधि कति वर्षको हुन्छ ?

९ वर्ष

९३. अन्तर्राष्ट्रिय न्यायलयमा एक जना प्रमूख न्यायधीश हुन्छन, भने उनको कार्यकाल कति वर्षको हुन्छ ?

३ वर्ष

९४. अन्तर्राष्ट्रिय न्यायलयको प्रधान कार्यालय कहाँ रहेको छ ?

नेदरल्याण्डको हेग

९५. अन्तर्राष्ट्रिय न्यायलयको औंपचारिक भाषा के–के हुन् ?

फ्रेन्च र अंग्रेजी

९६. संयुक्त राष्ट्रसंघको प्रशासकीय अंग कुन हो ?

सचिवालय

९७. UNO महासचीव तथा न्यायधीशहरूको नियुक्ति कसरी हुने व्यवस्था छ ?

सूरक्षा परिषदको सिफारिश र महासभाको २-३ बहुमतको आधारमा

९८. संयुक्त राष्ट्रसंघको प्रथम महासचीव को र कुन देशका थिए ?

ट्रिग्वेली, नर्वे

९९. संयुक्त राष्ट्रसंघको स्थापना कालदेखि हालसम्म कति जना महासचीवहरूको नियुक्ति भएको छ ?

८ जना

१०२. नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त ग¥यो ?

१४ डिसेम्वर १९५५

१०३. सन् १४ डिसेम्वर १९५५ मा नेपाल लगायत १६ वटा राष्ट्रले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेका थिए, भने त्यस कार्यलार्ई के भनिन्छ ?

Package deal

१०४. नेपालसँगै संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्ने राष्ट्रहरू अष्ट्रिया, इटाली, पोर्चुगल, कम्वोडिया लगायतका १६ राष्ट्र थिए, भने एक मात्र दक्षिण एशियाली राष्ट्र जसले नेपालसँगै UN को सदस्यता प्राप्त गरेको थियो त्यो कुन हो ?

श्रीलंका

१०५. सन् १९४७ को अक्टोवर २० देखि प्रयोगमा ल्याइएको संयुक्त राष्ट्र संघको झन्डाको विशेषता देहाएको मध्ये कुन होइन ?

क) परेवाको प्रतिक चिन्ह रहेको

ख) विश्वको मानचित्र भएको,

ग) बीचमा सेतो आकारको जौको २ बाला,

घ) फिक्का निलो रङको पृष्ठभूमि,

१०६. संयुक्त राष्ट्र संघको वजेटमा सबैभन्दा बढी योगदान गर्ने देशहरूको समूहलार्ई के भनिन्छ ?

Big Seven

१०७. सूरक्षा परिषदमा सर्वप्रथम Veto प्रयोग गर्ने राष्ट्र कुन हो ?

वेलायत

१०८. सूरक्षा परिषदमा सबैभन्दा बढी पटक Vetoप्रयोग गर्ने राष्ट्र कुन हो ?

सोभियत रुस

१०९. Veto प्रयोग गर्ने अधिकार सूरक्षा परिषदका स्थायी सदस्य राष्ट्रलार्ई हुन्छ, भने देहायको कुन राष्ट्रलार्ई Veto प्रयोग गर्ने अधिकार छैन ?

क) जर्मन ख) चीन ग) फ्रान्स घ) रुस

११०. संयुक्त राष्ट्र संघले सन् १९६७ लार्ई पर्यटन वर्ष, १९६८ लार्ई मानव अधिकार वर्ष को रूपमा मनायो भने सन् १९७५ र १९८५ लार्ई कुन–कुन वर्षको रूपमा मनायो ?

१९७५ नारी वर्ष, १९८५ युवा वर्ष

१११. UN ले सन्् १९९० लार्ई अन्तर्राष्ट्रिय साक्षरता वर्षको रूपमा मनायो भने कुन वर्षलाई अन्तर्राष्ट्रिय पर्वतीय वर्षको रूपमा मनायो ?

सन् २००२

११२. संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को हुन् ?

ऋषिकेश शाह

११३. An Agenda for Peace An Agenda for Development जस्ता प्रतिवेदन र कार्यपत्रको तर्जुमा गरी UN सुदृढ वनाउने महासचीव को हुन् ? वुत्रोस वुत्रोस घाली

११४. Quite Revolution नामक कार्यपत्र कुन महासचीवले प्रस्तुत गरेका थिए ?

कोफी अन्नान

११५. संयुक्त राष्ट्रसंघको वडापत्रमा १०,००० शव्द रहेका छन्, भने कति धारा तथा अध्याय रहेका छन् ?

१११ धारा १९ अध्याय

११६. संयुक्त राष्ट्रसंघको सदस्यताको लागि नेपालबाट प्रस्ताव लिएर जाने व्यक्ति को हुन् ?

पदम वहादुर क्षेत्री

११७. नेपालले सदस्यता UNO को लागि भएको मतदानमा महासभामा कतिवटा राष्ट्रको समर्थन प्राप्त गरेको हो ?

५७

११८. नेपालले संयुक्तराष्ट्र संघको सदस्यता प्राप्त गर्न औंपचारिक रूपमा कहिले निवेदन दर्ता गराएको थियो ?

१३ फेब्रअरी १९४९

११९. नेपालले संयुक्तराष्ट्र संघको सदस्यताको लागि निवेदन दर्ता गराउँदा कुन भाषाको प्रयोग गरेको थियो ?

नेवारी

१२०. नेपालले संयुक्तराष्ट्र संघको सदस्यता प्राप्त गर्दा नेपालको प्रधानमन्त्री को थिए ?

टंकप्रसाद आचार्य

१२१. नेपालले संयुक्तराष्ट्र संघको महासभामा कहिलेदेखि भाग लिदै आइरहेको छ ?

सन् १९५६

१२२. नेपालले संयुक्त राष्ट्र संघको महासभामा पहिलो पटक भाग लिनको लागि कसको नेतृत्वमा ६ सदस्यीय टोली पठाएको थियो ?

चुडाप्रसाद शर्मा

१२३. नेपाली सेनाले कहिलेदेखि संयुक्तराष्ट्र संघीय शान्ति सेनामा भाग लिदै आएको छ ?

सन् १९५८

१२४. नेपाल सूरक्षा परिषदको अस्थायी सदस्यमा कतिपटक निर्वाचित भएको छ ?

२ पटक

१२५. नेपाल पहिलो पटक सूरक्षा परिषदको अस्थायी सदस्य राष्ट्रमा कहिले निर्वाचित भएको थियो ?

सन् १९६९ देखि १९७० सम्म

१२६. नेपाल सन् १९८८ देखि १९८९ सम्मको लागि सूरक्षा परिषदको अस्थायी राष्ट्रमा निर्वाचित भएको थियो, भने साधारण सभाको उपाध्यक्षमा कहिले निर्वाचित भएको थियो ?

सन् १९५६

१२७. संयुक्त राष्ट्रसंघको पहिलो अधिवेशन कहिले र कहाँ भएको थियो ?

१९४६ जनवरी १०, लण्डन

१२८. विश्वको नगरसभा भनेर पनि चिनिने संयुक्तराष्ट्र संघको चार्टर कसले तयार गरेका थिए ?

आर्किवाल्ड म्याकलिक्सव

१२९. संयुक्तराष्ट्र संघीय शान्ति सेनालार्ई के भनिन्छ ?

Blue helmets

१३०. UNO महासचीवलार्ई अझ बढी अधिकार दिनुपर्छ भनी प्रस्ताव गर्ने महासचीव को हुन् ?

उथान्त

१३१. हालसम्म UNO महासभाको अध्यक्ष पदमा ३ जना महिलाले अध्यक्षता ग्रहण गरिसकेका छन् भने UNO महासभाको पहिलो महिला अध्यक्ष को हुन् ?

विजय लक्ष्मी पण्डित, भारत

१३२. UNO वडापत्रको कुन धारा २ पटक संशोधन भएको थियो ?

६१

१३३. संयुक्तराष्ट्र संघीय विश्वविद्यालय कहाँ रहेको छ ?

टोकियो, जापान

१३४. UNO मानव अधिकार पुरस्कारको स्थापना कहिले गरिएको हो ?

सन् १९६६

१३५. UNO का वर्तमान महासचीव वान कि मुनले कहिलेदेखि आफ्नो पद सम्हालेका थिए ?

सन् २००७ जनवरी १

१३६. UNO को प्रथम उपमहासचीव को हुन् ?

लुइस फ्रेसेट

१३७. हालसम्मका महासचीव मध्ये दुई कार्यकाल व्यतित नगर्ने महासचीवहरू को–को हुन् ?

ट्रिग्वेली र वुत्रोस वुत्रोस घाली

१३८. संयुक्त राष्ट्र संघको नेपाल कति औंं सदस्य राष्ट्र हो ?

७२ औं

१३९. हवाइ दुर्घटनामा परी मूत्यु हुने UNO का महासचीव को हुन् ?

ड्रयाग ह्यामर शोल्ड

१४०. सन् १९६५ मा UNICEF ले नोवेल शान्ति पुरस्कार प्राप्त गरेको थियो भने ILO ले कहिले नोवेल शान्ति पुरस्कार प्राप्त गरेको थियो ?

सन् १९६९

१४१. संयुक्त राष्ट्र संघको सबैभन्दा ठूलोे पदक कुन हो ?

नान्सेन

१४२. विश्व मानव अधिकारको घोषणा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट कहिले पारित भएको थियो ?

१० डिसेम्वर १९४८

१४३. संयुक्त राष्ट्र संघको सदस्य नभएता पनि खर्च व्यहोर्ने राष्ट्र कुन हो ?

होली सी

१४६. सदस्य राष्ट्रले संयुक्त राष्ट्र संघलार्ई वुझाउनु पर्ने रकम कति वर्षसम्म नवुझाए मतदानमा भाग लिन पाउदैनन् ?

२ वर्ष

१४७. संयुक्त राष्ट्रसंघको वडापत्रको धारा १ मा के कुरा उल्लेख छ ?

उद्धेश्य

१४८. UNO ले पहिलो पटक महिलाहरू मात्र रहेको शान्ति सैन्य टोली कुन देश पठाएको थियो ?

लाईवेरिया

१४९. UNO को महासभामा सबैभन्दा बढी समय भाषण गर्ने व्यक्ति क्युवाका राष्ट्रपति फिडेल क्यास्ट्रो हुन् भने सबै भन्दा कम समय (३० सेकेन्ड) मात्र वोल्ने व्यक्ति को हुन् ?

दावा छिरिङ,भूटान

१५०. UNO का विशिष्टीकृत संस्था मध्ये नेपाल सर्वप्रथम कुन संस्थाको सदस्य वनेको थियो ?

FAO

१५1. संयुक्त राष्ट्र संघको सबैभन्दा कान्छो राष्ट्र दक्षिणी सुडान कहिलेUN को सदस्य भएको थियो ?

१४ जुलार्ई २०११

152. विश्व वैंकको स्थापना कहिले भएको थियो ?

१९४७ नोभेम्बर १४

153. IAEAको स्थापना कहिले भएको थियो ?

सन् १९५७

154. तलका मध्ये कुन अल्प विकसित राष्ट्र होइन ?

क) श्रीलंका ख) भूटान ग) अफगानिस्तान घ) वंगालादेश

155. संयुक्त राष्ट्र संघको अल्पविकसित राष्ट्रको सूची (LDCS) मा कति राष्ट्र छन् ?

४७ राष्ट्र

156. संयुक्त राष्ट्र संघले LDC (अल्प विकसित राष्ट्र को) वर्गिकरण कहिले गरेको हो ?

सन् १९७१

157. अल्पविकसित राष्ट्रबाट विकासशिल राष्ट्रको सूचीमा पर्न प्रतिव्यक्ति राष्ट्रिय आय(GNI Per Capita) कति अमेरिकी डलर हुनुपर्ने व्यवस्था छ ?

१९९० अमेरिकी डलर

158. सन् २०१३ मा नेपालका लागि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि को नियुक्त भएको छ ?

दुर्गाप्रसाद भट्टराई

159. संयुक्त राष्ट्रसंघीय छाताभित्रका अति कम बिकसित र टापु राष्ट्रका लागि उपमहासचीव पदमा नेपालका ज्ञानचन्द्र आचार्य कहिले नियुक्त भएका थिए ?

14 Aug. 2012

160. GATT को पूरा रुप (Full From) के हुन्छ ?

General Agreement on Tariff & Trade

161. विश्व खाद्य संगठन FAO को रिपोर्ट अनुसार विश्वमा उत्पादित कूल खाद्यान्नको कति भाग खाद्य पदार्थ खेर गएर सकिएको छ ?

एक तिहाई

162. विश्व स्वास्थ्य संगठन (WHO) ले कहिलेदेखि प्रत्येक वर्ष अप्रिल २५ मा विश्व औंलो दिवस मनाउने गरेको हो ?

सन् २००८

163. अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) को पहिलो महिला प्रमूख को हो ?

क्रिस्टिना ल्यागार्ड (फ्रान्स)

164. UNO को सदस्यता त्याग गरी पुन सदस्यता प्राप्त गर्ने मुलुक कुन हो ?

इण्डोनेसिया

165. असंलग्न आन्दोलन (NAM) को स्थापना कहिले र कहाँ भएको हो ?

१९६१, बेलग्रेड

166. मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघ उच्चायुक्तको कार्यालयको स्थापना कहिले भएको थियो ?

सन् १९३१

167. UNICEF को स्थापना कहिले भएको थियो ?

सन् १९४६

168. महिलाका लागि संयुक्त राष्ट्रसंघीय विकास कोषको स्थापना कहिले भएको थियो ?

सन् १९७६

169. संयुक्त राष्ट्र संघमा सन् १९५५ मा नेपालसंगै सदस्यता पाउने अर्को एशियाली राष्ट्र कुन थियो ?

कम्बोडिया

170. महिला र पुरुषवीच समानता कायम रहनुपर्छ भन्ने पहिलो अन्तर्राष्ट्रिय दस्तावेज कुन हो ?

मानव अधिकार सम्बन्धी वडापत्र

171. नेपालले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO)को सदस्यता कहिले प्राप्त गरेको हो ?

३० अगष्ट १९६६

172. नेपालले विश्व बैंक (WB/IBRD)को सदस्यता कहिले प्राप्त गरेको हो ?

६ सेप्टेम्बर १९६१

173. विश्व पर्यटन संगठन(UNWTO) को प्रधान कार्यालय कहाँ रहेको छ ?

मेड्रिट, स्पेन

174. अन्तर्राष्ट्रिय कृषि विकास कोष( IFAD) को प्रधान कार्यालय कहाँ रहेको छ ?

इटाली, रोम

175. अन्तर्राष्ट्रिय कृषि विकास कोष(IFAD) को स्थापना कहिले भएको हो ?

सन् १९७७

176. अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को स्थापना कहिले भएको हो ?

सन् १९१९

177. अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को प्रधान कार्यालय कहाँ रहेको छ ?

जेनेभा, स्वीटजरल्याण्ड

178. खाद्य तथा कृषि संगठन (FAO) को प्रधान कार्यालय कहाँ रहेको छ ?

इटाली, रोम

179. खाद्य तथा कृषि संगठन (FAO) को स्थापना कहिले भएको हो ?

सन् १९४५

180. अन्तर्राष्ट्रिय मुद्रा कोष (आइ एम एफ)ले प्रयोग गर्ने मुद्रालार्ई के भनिन्छ ?

पेपर गोल्ड

181 अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रथम महिला अध्यक्ष कहाँकी हुनुहुन्छ ?

फ्रान्स

182. नेपालमा तत्कालीन सरकार र विद्रोही माओवादीको अनुरोधमा राष्ट्र संघीय मिसन् (UNMIN) को स्थापना कहिले गरिएको हो ?

वि.सं. २०६३-१०-९

183. विश्व बैंकले नेपाललाई पहिलो प्राविधिक सहयोग कहिले दिएको थियो ?

सन् १९६४

184. विश्व बैंकले नेपालमा पहिलो ऋण सहयोग कहिले दिएको थियो ?

१९६८

185. विश्व बैंकले नेपालमा पहिलो ऋण सहयोग केमा दिएको थियो ?

टेलिकम्युनिकेशन प्रोजेक्ट

186. विश्व बैंकले नेपालको योजनागत विकासमा कुन योजना कार्यान्वयन गर्न सहयोग दिएर विकासमा सहयोग दिन शुरु गरेको थियो ?

दोश्रो पञ्चवर्षीय योजना

187. दक्षिणी सुडान संयुक्त राष्ट्रसंघको १९३ औंं सदस्य राष्ट्र कहिले बनेको हो ?

सन् २०११ जुलाई १४

188. नेपालले अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (IMO) को सदस्यता कहिले प्राप्त गरेको हो ?

सन् १९७९ जनवरी ३१

189. नेपालले अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAd) को सदस्यता कहिले प्राप्त गरेको हो ?

५ मे १९७८

190. नेपालले संयुक्त राष्ट्र संघीय औंद्योगिक विकास संगठन (UNIDO) को सदस्यता कहिले प्राप्त गरेको हो ?

१९८३ डिसेम्बर९

191. नेपालले विश्व जलवायु संगठन (wmo) को सदस्यता कहिले प्राप्त गरेको हो ?

सन् १९६६अगस्त १२

192. नेपालले अन्तर्राष्ट्रिय हुलाक संघ (UPU) को सदस्यता कहिले प्राप्त गरेको हो ?

सन् १९५६ जुलाइ ११

193. नेपालले अन्तर्राष्ट्रिय दूरसञ्चार कोष (ITU) को सदस्यता कहिले प्राप्त गरेको हो ?

सन् १९५७ डिसेम्बर ५

194. नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को सदस्यता कहिले प्राप्त गरेको हो ?

सन् १९६१ सेप्टेम्बर ६

195. नेपालले विश्व स्वास्थ्य संगठन (WHO) को सदस्यता कहिले प्राप्त गरेको हो ?

सन् १९५४ मे १०

196. नेपालले खाद्य तथा कृषि संगठन (FAO) को सदस्यता कहिले प्राप्त गरेको हो ?

सन् १९५१ नोभेबर २७

197. भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि कहिले पारित भएको थियो ?

३१ अक्टुबर २००३

198. भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिलाई नेपालले कहिले अनुमोदन गरेको हो ?

२३ फेब्रुवरी २०११

199. भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कहिलेदेखि लागू भएको हो ?

१४ डिसेम्बर २००५

200. नेपालले अपाङ्गता सम्वन्धी महासन्धिलाई कहिले पारित गरेको थियो ?

सन् २००६


  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg
Read More

Tuesday, September 8, 2020

बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४

  6:25 PM Arjun Singh Air   No comments

१. वि.सं. २०७७ भदौ २२ मा मनाइएको १७ औँ निजामती सेवा दिवसको नारा के हो ?
 स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन
नेपालमा वि.सं. २०६१ देखि हरेक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिएको ।
– वि.सं. २०६१ मा मनाइएको पहिलो निजामती सेवा दिवसको नाराः सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता रहेको ।
२. वन ऐन, २०७६ अनुसार वन्यजन्तुको जीवित वा मृत शरीर वा पहिचान गर्न सकिने अवस्थामा रहेको तिनीहरूको शरीरको कुनै अङ्ग एवं वन्यजन्तुको शरीरको कुनै पदार्थ वा त्यस्तो पदार्थको सम्मिश्रणबाट तयार भएको कुनै वस्तु समेतलाई के भनिन्छ ?
 आखेटोपहार
३. वन ऐन, २०७६ अनुसार ‘वन’ भन्नाले के बुझिन्छ ?
 पूर्ण वा आंशिक रूपमा रुख वा बुट्यानले ढाकिएको क्षेत्र
सो ऐनअनुसार निजी वन भन्नाले प्रचलित कानुन बमोजिम कुनै व्यक्तिको हक पुग्ने निजी जग्गामा लगाई हुर्काएको वा संरक्षण गरिएको वनलाई बुझिने ।
– राष्ट्रिय वन भन्नाले सरकारद्वारा व्यवस्थित वन, वन संरक्षण क्षेत्र, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन, कबुलियती वन, प्रदेशभित्रको राष्ट्रिय वन वा अन्तरप्रादेशिक वन बुझिने ।
४. नेपालको कुन ठाउँमा हाब्रे (रेडपान्डा) प्रजनन केन्द्र छ ?
 इलाम
५. इन्द्रसरोवर कहाँ पर्छ ?
 मकवानपुर ।
– मकवानपुर जिल्लामा पर्ने कुलेखानी जलविद्युत्् परियोजनाका लागि निर्मित ७ किलोमिटर लामो जलाशयलाई नै इन्द्रसरोवर भनिन्छ ।
–युवराज्ञीइन्द्रराज्यलक्ष्मीदेवी शाहको स्मृतिमा इँन्द्र सरोवर नामकरण गरिएको यो नेपालको सबैभन्दा ठूलो मानवनिर्मित ताल हो । यो ताल मत्स्यपालन र पर्यटकीय दृष्टिले आकर्षक स्थल बन्न पुगेको छ ।
६. खैराला दरबार कैलालीमा छ भने हतुवागढी दरबार कहाँ छ ?
भोजपुर
७. अण्डा पार्ने स्तनधारी जीव कुन हो ?
प्लेटिपस
८. ओलाङ्चुङगोला ताप्लेजुङमा पर्दछ भने छेकम्पार कहाँ पर्दछ ?
गोरखा
९. तमु सङ्ग्रहालय लमजुङमा छ भने लेप्चा सङ्ग्रहालय कहाँ छ ?
 इलाम
१०. विश्वमै सबैभन्दा सानो लालीगुराँसको फूल मुगु जिल्लास्थित राराताल क्षेत्रमा पाइन्छ भने सबैभन्दा ठूलो लालीगुराँसको फूल कहाँ पाइन्छ ?
 इलाम
११. प्रतिनिधि सभा निर्वाचन, २०७४ मा प्रत्यक्षतर्फ कति महिला उम्मेदवार विजयी भएका हुन्?
 छ जना ।
– (पवित्रा निरौला खरेल–झापा, पम्फा भुसाल–ललितपुर, पद्माकुमारी अर्याल–स्याङ्जा, दुर्गा पौडेल–प्युठान, कमला रोका–पूर्वी रुकुम र विना मगर–कञ्चनपुर)
१२. नेपाल सरकारले पाँच विकास क्षेत्रको प्रावधान खारेज गर्ने निर्णय कहिले गरेको हो?
 वि.सं. २०७५ चैत २८ गते ।
१३. ‘फ्रम थर्ड वल्र्ड टु फस्ट’ नामक कृतिका लेखक को हुन् ?
 ली क्वान यु ।
१४. नेपाललाई कहिलेसम्ममा डिजिटल नेपाल बनाउने घोषणा गरिएको छ ?
 सन् २०२५ सम्म ।
१५. ‘लेजर स्पिड गन’केसँग सम्बन्धित छ ?
 सवारी साधनको गति मापन प्रविधि ।
१६. प्रदेश १ ले तय गरेको प्रादेशिक मूल नारा के हो ?
स्वच्छ, सुखी र समुन्नत प्रदेश ।
१७. काठमाडौँ उपत्यकामा २० वर्ष पुराना सार्वजनिक सवारी साधन चलाउन कहिलेदेखि रोक लगाइयो ?
 वि. सं. २०७३ फागुन १८ गते ।
– यातायात व्यवस्था विभागका अनुसार फागुन १८ देखि उपत्यकामा २० वर्ष पुराना सार्वजनिक सवारी साधन सडकमा चल्न निषेध गरिएको । २० वर्ष नाघेका सार्वजनिक सवारी साधनको कर समेत नबुझ्ने, प्राविधिक परीक्षण नगर्ने, विक्री वितरण तथा नामसारी पनि नगरिने ।
– विभागका अनुसार तत्काल निजी, पर्यटक वाहक र सरकारी सवारीलाई २० वर्ष पुगेकै आधारमा नहटाइने । पहिलो चरणमा काठमाडौँबाट २० वर्ष पुराना सवारी हटाएर अर्को चरणमा उपत्यकाबाहिर त्यसको कार्यान्वयन अघि बढाउने निर्णय भएको ।
१८. काठमाडौँ उपत्यका विकास प्राधिकरण (केभीडीए) को स्थापना कहिले भएको हो ?
 वि.सं. २०६९ वैशाख १ गते ।
– सहरी विकास मन्त्रालय अन्तर्गत रहेको यसको मुख्य कार्यालय अनामनगर (काठमाडौँ) मा रहेको ।
१९. नेपाललाई कहिलेसम्म शून्य भोकमरी (जिरो हङ्गर) मुलुक बनाउने योजना छ ?
 सन् २०२५ सम्म ।
२०. विश्वकै ठूलो नोबेल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
 सन् १९०१ ।
– अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भने सन् १९६८ देखि दिन थालिएको । नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्वीडेनको राजधानी स्टकहोममा प्रदान गरिने । यो पुरस्कार संयुक्तरूपमा तीन जनासम्मले पाउन सक्ने ।
२१. संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा कहिले फहराइयो ?
 वि.सं. २०७६ असोज ३ गते ।
– (नेपालको संविधान दिवसको अवसरमा सो भवनमा एक मिनेट नेपाली झण्डा फहराइएको ।)
२२. लगानीको वातावरण सहज बनाउने उद्देश्यसाथ एकल बिन्दु सेवा केन्द्र कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ?
 वि.सं. २०७६ जेठ १ गते ।
– लगानीकर्तालाई सबै प्रकारका सेवा एकै स्थानबाट उपलब्ध होस् भनी यो सेवा सञ्चालन गरिएको । सेवाको सुरुवातपछि उद्योग सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया एकै स्थानबाट उपलब्ध हुने ।
२३.काठमाडौँमा विद्युतीय तारलाई भूमिगत गर्ने कार्यको आरम्भ कहिले गरिएको हो ?
 वि.सं. २०७६ फागुन ५ गते ।
२४.अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
 सेप्टेम्बर ८ तारिखमा ।
२५. औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?
 शुक्लपक्ष (ब्राइट हाफ) ।
– (पूर्णिमादेखि औँसीसम्मको समयावधिलाई कृष्णपक्ष (डार्क हाफ) भनिन्छ । शुक्लपक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः बढ्दै जान्छ भने कृष्णपक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः घट्दै जान्छ ।)
२६. नेपाल विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) को सदस्य कहिले बनेको हो ?
 सन् १९७५ । यो सङ्गठनको स्थापना सन् १९७५ जनवरी २ मा भएको ।
२७.नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ?
 वि.सं. २०५५ पुस १६ गते ।
– वि.संं २०१८ मा स्थापित पर्यटन विभागलाई खारेज गरी सरकार र निजीक्षेत्रको सहभागितामा सो बोर्ड स्थापना गरिएको । २०३३ फागुन १२ मा पर्यटन मन्त्रालयको स्थापना । उक्त मन्त्रालययमा वि.सं. २०३९ मा हवाई विभाग गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामकरण गरिएको । त्यस्तै संस्कृतिको कार्यसमेत थप गरी वि.सं. २०५७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बनाइएको ।
– राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिको गठन वि.सं.२०७२ जेठ ३१ मा गरिएको । यसको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहने ।
– पर्यटन परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने ।
२८.‘धवलागिरि आइसफल टे«क’ भनी कुन ‘ट्रेकिङ रुट’लाई चिनिन्छ ?
 म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते (करिब एक सय कि.मि.)
२९. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई सफा हावा दिवस घोषणा गरियो ?
 सेप्टेम्बर ७ तारिख ।
– सन् २०१९ डिसेम्बर १९ मा महासभाद्वारा सो दिवस घोषणा गरिएको ।
– नीलो आकाशका लागि सफा दिवसका रूपमा सो दिवस मनाइने (सन् २०२० देखि) राष्ट्रसङ्घले जनाएको ।
३०. नेपाल सरकारले कुन वर्षलाई वृक्षरोपण वर्षका रूपमा मनाउने घोषणा गरेको हो ?
 आ.व. २०७६÷७७
– वृक्षरोपण वर्षको औपचारिक सुरुवात वि.सं. २०७६ असार १४ मा गरिएको । नेपालमा हरेक वर्ष असार १४ मा वृक्षरोपण दिवस मनाइने भएको । 
प्रस्तुतकर्ता :  टङ्क के.सी.

  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg
Read More

लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४

  6:20 PM Arjun Singh Air   No comments

 १. नेपालको संविधानअनुसार देहायका व्यक्तिले आफ्नो पद तथा गोपनीयताको शपथ को समक्ष लिने व्यवस्था छ ?

 राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री, प्रदेश प्रमुख, प्रदेशको मुख्यमन्त्री, प्रदेशको मन्त्री, प्रदेशको राज्यमन्त्री, प्रदेशको सहायकमन्त्री । नेपालको संविधानअनुसार देहायका व्यक्तिले आफ्नो पद तथा गोपनीयताको शपथ देहायका व्यक्तिसमक्ष लिने व्यवस्था छ ः
क. राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष,
ख. उपराष्ट्रपतिले राष्ट्रपति समक्ष,
ग. प्रधानमन्त्रीले राष्ट्रपति समक्ष,
घ. उपप्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष,
ङ. मन्त्रीले राष्ट्रपतिसमक्ष,
च. राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष,
छ. सहायकमन्त्रीले प्रधानमन्त्रीसमक्ष,
ज. प्रदेशप्रमुखले राष्ट्रपतिसमक्ष,
झ. प्रदेशको मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष,
ञ. प्रदेशको मन्त्रीले प्रदेश प्रमुखसमक्ष,
ट. प्रदेशको राज्यमन्त्रीले प्रदेशको मुख्यमन्त्रीसमक्ष,
ठ. प्रदेशको सहायकमन्त्रीले प्रदेशको मुख्यमन्त्रीसमक्ष ।
२. नागरिकका दायित्व भन्नाले के बुझिन्छ ? नेपालको संविधानमा नागरिकका दायित्व सम्बन्धमा के उल्लेख गरिएको छ ?
 देशको संविधान ऐन नियमको पालना गर्ने, समाजमा सामाजिक सद्भाव कायम गर्ने, मुलुकको आर्थिक, सामाजिक विकासमा सक्रिय रहने जस्ता सकारात्मक भूमिका निर्वाह गर्ने नागरिकका कर्तव्यलाई नागरिकका दायित्व भनिन्छ । देशप्रति समर्पित, देशभक्ति, राष्ट्रप्रेम जस्ता भावनात्मक पक्ष तथा आफूले निर्वाह गर्नुपर्ने कर्तव्य दुवैलाई यसले समेट्छ ।
– नेपालको संविधानमा नागरिकका दायित्व
नेपालको संविधानको धारा ४८ मा नागरिकका कर्तव्य भनेर केही विषय उल्लेख गरिएको छ, ती कर्तव्यलाई प्रत्येक नागरिकले पालना गर्नुपर्ने हँुदा त्यस्ता कर्तव्यहरू नागरिकका दायित्व पनि हुन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
– राष्ट्रप्रति निष्ठावान हुनु,
– नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु,
– संविधान र कानुनको पालना गर्नु,
– राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु,
– सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु ।
३. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार जिल्ला समन्वय अधिकारीको काम, कर्तव्य र अधिकार के के हुन् ? उल्लेख गर्नुहोस् ।
 जिल्ला सभाको प्रशासकीय प्रमुखको रूपमा काम गर्ने जिल्ला समन्वय अधिकारीको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९४ मा उल्लेख छः
– जिल्ला सभा र जिल्ला समन्वय समितिको सचिवको रूपमा काम गर्ने,
– जिल्ला समन्वय समितिको निर्णय कार्यान्वयन गर्ने, गराउने,
– जिल्लास्थित सङ्घ र प्रदेश सरकारका कार्यालय तथा स्थानीय तहबीच समन्वय गर्ने गराउने,
– जिल्ला सभाको आर्थिक कारोबारको हिसाब अभिलेख दुरुस्त राख्ने,
– आय र व्ययको लेखापरीक्षण गराउने,
– बेरुजु फछ्र्यौट गराउने,
– बेरुजु मिनाहको प्रस्ताव तयार गरी जिल्ला समन्वय समितिमा पेस गर्ने,
– जिल्ला सभाको चलअचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने, गराउने,
– जिल्ला समन्वय समितिको प्रमुखको निर्देशनमा जिल्ला समन्वय समिति तथा सभाको बैठक बोलाउने, निर्णयको माइन्यूट गर्ने, निर्णय प्रमाणित गर्ने र बैठकसम्बन्धी आवश्यक कार्य गर्ने, गराउने,
– जिल्ला सभाले गर्नु पर्ने खरिदसम्बन्धी योजना तयार गरी खरिद कार्य गर्ने, गराउने, जिल्ला सभा, जिल्ला समन्वय समिति वा जिल्ला समन्वय समितिको प्रमुखले तोकेका अन्य कार्यहरू गर्ने ।
४. नेपालमा हाल वितरण गर्न थालिएको राष्ट्रिय परिचयपत्रबारे चर्चा गर्नुहोस् ।
 गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वितरण गर्दै आएको व्यक्तिको व्यक्तिगत तथा जैविक विवरण समावेश भएको बायोमेट्रिक सुविधायुक्त प्रमाणपत्र राष्ट्रिय परिचयपत्र हो । सबै नेपालीको बायोमेट्रिक पहिचान र पृथक् नम्बरसहितको राष्ट्रिय परिचयपत्र पाँचथर जिल्लाबाट सुरु भई अन्य जिल्लामा विस्तार भएको छ । बहुउपयोगी यो प्रमाणपत्र दुई वर्षभित्र एक नेपालीले एकभन्दा बढी परिचयपत्र बोक्नु नपर्ने व्यवस्था गरिने भएको छ । चिप प्रविधिमा आधारित यो परिचयपत्र तत्कालका लागि १६ वर्ष पुगेका नागरिकता लिएका व्यक्तिलाई मात्र दिइने र पछि सबैलाई वितरण गर्ने योजना छ । अनलाइन प्रणालीबाट पनि फाराम भर्न सकिने यस प्रमाणपत्रमा व्यक्तिको नामथर, जन्ममिति, लिङ्ग, बाबुआमाको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम, औँलाछाप, आँखाको नानी, फोटो, राष्ट्रियता, हस्ताक्षर उल्लेख भएको हुन्छ । नेपालको विशिष्ट व्यक्तिहरूलाई वितरण गरिसकिएको यो परिचयपत्र व्यक्तिको राष्ट्रिय परिचयपत्रको रूपमा, मतदाता परिचयपत्रको रूपमा, जग्गाजमिन र अन्य सम्पत्तिको अभिलेखको रूपमा, बैकिङ् कारोबारका रूपमा, सामाजिक सुरक्षा कार्डका रूपमा तथा सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखका रूपमा प्रयोग गर्न सकिन्छ ।
राष्ट्रिय परिचयपत्रका फाइदा ः
– प्रत्येक व्यक्तिको स्पष्ट पहिचान,
– व्यक्तिको जैविक तथा व्यक्तिगत विवरण रहने,
– एउटै परिचयपत्रबाट विभिन्न सेवा सुविधा प्राप्त गर्न सकिने, राष्ट्रिय विकासका योजना तथा कार्यक्रम निर्माण र सञ्चालन एवं सुरक्षा कायम गर्न सहयोग पुग्ने,
– नेपाली, गैर नेपाली तथा विदेशीको तथ्याङ्क यकिन हुने, दोहोरो परिचयपत्र तथा नक्कली परिचयपत्र बनाउने जस्ता अपराध नियन्त्रण हुने ।
५. सामुदायिक स्वास्थ्यको अवधारणा चर्चा गर्दै नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्या पहिचान गर्नुहोस् ।
 समुदायका व्यक्तिहरूले समुदायका लागि समुदायमा रहेका स्वास्थ्य समस्या पहिचान गरी तिनको समाधान गर्न, व्यक्तिगत तथा वातावरणीय स्वास्थ्यमा सुधार ल्याउन गरिने क्रियाकलापलाई सामुदायिक स्वास्थ्य भनिन्छ । यसको मूलभूत उद्देश्य समुदायको स्वास्थ्यस्तर उकास्नु हो । व्यक्तिले आफ्नो स्वास्थ्य सुधार गर्न व्यक्तिगत प्रयासबाट मात्र सम्भव नहुने हुनाले सामुदायिक स्वास्थ्यको अवधारणा अगाडि ल्याइएको हो । त्यसैले समुदायको स्वास्थ्य सुधार गर्न व्यक्ति, परिवार, समुदाय एवं राष्ट्र सबैको संयुक्त प्रयास हुनुपर्दछ ।
नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्या
भौगोलिक कठिनाइ, जनचेतनाको अभाव, औषधिको अभाव, स्वास्थ्यकर्मीको अभाव आदि जस्ता कारणले नेपालको सामुदायिक स्वास्थ्य विभिन्न समस्याबाट ग्रसित छ । हिमाल, पहाड, तराई सबैमा स्वास्थ्य समस्या छन् । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी सामुदायिक स्वास्थ्य समस्या देखिएका छन् । समग्रमा नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्याहरू निम्न छन् ः
– सरुवा रोग जस्तैः झाडापखाला, हैजा, आउँ, जुका आदिको प्रकोप,
– शिशु मृत्युदर, बाल मृत्युदर, मातृ मृत्युदर उच्च ,
– सन्तुलित भोजनबारे जानकारी नहुनु,
– कुपोषण बढ्दै जानु, जीवनशैली अस्वस्थकर,
– स्वास्थ्य सेवाको कमी,
– स्वास्थ्य शिक्षाको कमी,
– ग्रामीण बस्तीहरूमा स्वास्थ्यसम्बन्धी दक्ष जनशक्तिको अभाव,
– धूमपान, मद्यपान एवं लागूपदार्थको सेवन गर्नेको सङ्ख्या बढ्दै जानु,
– समग्र स्वास्थ्य सेवा महँगो हुनु, गरिबको पहुँचमा सर्वसुलभ हुन नसक्नु ।
६. भ्रष्टाचार नियन्त्रणमा राष्ट्रिय सतर्र्कता केन्द्रको भूमिकाबारे लेख्नुहोस् ।
भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी ढङ्गले नियन्त्रण गर्न तथा भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्न प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने गरी राष्ट्रिय सतर्कता केन्द्र स्थापना गरिएको हो । निजामती सेवाको विशिष्टश्रेणीको अधिकृत प्रमुख रहने यस केन्द्रले नेपाल सरकारका सबै मन्त्रालय, विभाग, कार्यालय र सार्वजनिक संस्थाबाट सम्पादन हुनुपर्ने कार्यहरू नियमित रूपमा भए नभएको विषयमा सूचना सङ्कलन गर्ने र त्यस्ता निकायबाट नियमित रूपमा हुनुपर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो विषयमा सतर्क गर्दै आएको छ । भ्रष्टाचार नियन्त्रणमा यसको भूमिकालाई निम्नानुसार लेख्न सकिन्छ ः
– सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रचलित कानुनबमोजिम दिइएको सम्पत्तिविवरण र आयको अनुगमन गर्ने,
– भ्रष्टाचार हुन सक्ने स्थान वा काममा नियमित निगरानी राख्ने, छड्के जाँच र अन्वेषण गर्ने आवश्यक व्यवस्था मिलाउने,
– भ्रष्टाचार नियन्त्रण सम्बन्धमा अपनाउनुपर्ने नीति, रणनीति र तत्सम्बन्धी कानुनमा कुनै सुधार गर्नुपर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
– भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचारसम्बन्धी आवश्यक विवरण वा सूचना प्राप्त गरी अद्यावधिक गराइराख्ने,
– भ्रष्टाचारसम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखीपठाउने,
नेपाल सरकारले तोकेको अन्य कार्य गर्ने, गराउने ।
७. वातावरण व्यवस्थापनको लागि सरकारी, निजी क्षेत्र र सामुदायिक सङ्गठनहरूको भूमिका उल्लेख गर्नुहोस् ।
प्राकृतिक स्रोतसाधनमा नकारात्मक प्रभाव नपारी सन्तुलन कायम गर्ने कार्य वातावरण व्यवस्थापन हो । यस कार्यमा सरकारी क्षेत्र, निजीक्षेत्र र सामुदायिक सङ्गठनहरूको ठूलो भूमिका हुन्छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
सरकारी क्षेत्रको भूमिका
– वनजङ्गल, जलाधार, पानी पोखरीको संरक्षण गर्ने, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हरित विकासको अवधारणा अवलम्बन गर्ने,
– विकास निर्माणमा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गर्ने,
– वायु, जल, ध्वनि, खाद्य, औद्योगिक, भू–प्रदूषण रोक्न गुणस्तर तथा मापदण्ड तय गर्ने ।
– निजीक्षेत्रको भूमिका सरकारले लागू गरेका नीति, कानुन तथा मापदण्ड पालना गर्ने, उद्योग, कलकारखानाबाट निष्कने फोहोरको उचित व्यवस्था गर्ने,
– वातावरणमैत्री सार्वजनिक निर्माणकार्य गर्ने,
– सामाजिक उत्तरदायित्व वहन गर्ने ।
– सामुदायिक सङ्गठनको भूमिका
– प्राङ्गारिक मलको प्रयोगमा जोड दिने,
– गाँउघरमा शौचालय र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने,
– वन विनाश हुनबाट रोक्ने, फोहोरमैलाको उचित व्यवस्थापन गर्न सहयोग गर्ने । 
प्रस्तुतकर्ता ः हेमचन्द्र शर्मा
  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg
Read More

Tuesday, September 1, 2020

लोकसेवा तयारी सामग्री २०७७ भाद्र १७

  9:46 PM Arjun Singh Air   No comments

 लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर

१. भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन कहिले भएको हो ?

➖सन् २०२० अगस्ट ३१

२.निजामती कर्मचारीहरूले एकैप्रकारको पोसाक लगाउनुपर्ने व्यवस्था कहिलेदेखि गरिएको हो ?

➖ विक्रम संवत् २०६८ साउन १ गते

३.नेपाल आइडल सिजन–३ को उपाधि विजेता बन्न सफल प्रतिभा को हुन् ?

➖सज्जा चौलागाईं


४. नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण कहिले गरिएको हो ?

➖विसं २०७३ मङ्सिर २२ 


५. इन्टरपोलको ‘मोटो’ (नारा) के छ ?

➖ कनेक्टिङ पेलिस फर ए सेफर वल्र्ड (एक सुरक्षित विश्वका लागि प्रहरी सञ्जाल) ।


६. प्राणी तथा वनस्पतिको वंशगुण संरक्षण गर्ने उद्देश्यले जिन (आनुवांशिक) बैङ्कको स्थापना कहाँ गरिएको छ ?

➖ ललितपुरको खुमलटार


७. आफ्नो टाउको २७० डिग्रीसम्म घुमाउन सक्ने चरा कुन हो ?

➖ लाटोकोसेरो


८. नेपालको कुन ठाउँमा ‘अटोभिलेज’ रहेको छ?

➖ बुटवल


९. नेपालको कुन ठाउँमा गाई र भैँसी सुन्दरी प्रतियोगिता हुने गरेको छ ?

➖सुनसरी


१०. नेपालको बहुजातीय साँस्कृतिक ग्राम कहाँ रहेको छ ?

➖ पथरी, मोरङ


११. महाहन्ट अप्रेसन केसँग सम्बन्धित छ ?

➖ दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण


१२. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अमेरिका अलग हुने घोषणा कहिले गरेका हुन् ?

➖ सन् २०१८ मे ८


१३. अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्नेसम्बन्धमा व्यवस्था भएको महासन्धि ‘मन्ट्रियल महासन्धि–१९९९’ नेपालको संसद्बाट कहिले पारित गरिएको हो ?

➖ विसं २०७५ भदौ ७


१४. ‘बुद्ध थिम पार्क’ कुन देशमा निर्माण गरिने भएको छ ?

➖ श्रीलङ्का


१५. यारी भञ्ज्याङ हुम्ला जिल्लामा पर्दछ भने नाम्जा भञ्ज्याङ कहाँ पर्दछ ?

➖ मुगु


१६. गहना सङ्ग्रहालय भद्रकाली (काठमाडौँ)मा रहेको छ भने बागमती सभ्यता सङ्ग्रहालय कहाँ छ ?

➖ गुह्येश्वरी (काठमाडौँ)


१७. नेपालमा पहिलोपटक राष्ट्रिय महिला दिवस कहिले मनाइयो ?

➖विसं २०७६ जेठ १६


१८. प्रसिद्ध रानीमहल दरबार कहाँ रहेको छ ?

➖ पाल्पा


१९. नेपालमा कति प्रजातिका सर्प पाइन्छन् ?

➖ ८३


२०. नेपाल चीनमैत्री पार्कको निर्माण कहाँ गरिने भएको छ ?

➖ दमक, झापा 


२१. तारा, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छे«तारालगायतका खगोलीय पिण्डहरू एवम् धुलकण र ग्यासीय पदार्थको अति विशाल समूहलाई के भनिन्छ ?

➖तारापुञ्ज


२२. नेपालको एकीकरण अभियानमा काजी कालु पाण्डेले कहाँ वीरगति प्राप्त गरेका थिए ?

➖ कीर्तिपुर


२३. प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ छ ?

➖काठमाडौँ


२४. खर्पुनाथ (शिव) मन्दिर हुम्ला जिल्लामा रहेको छ भने चन्दननाथ मन्दिर कहाँ छ ?

➖जुम्ला

२५. विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा (दुबई) हो भने सबैभन्दा ठूलो भवन कुन हो ?

➖ न्यु सेन्चुरी ग्लोबल सेन्टर (चीन)


२६. नेपालमा सर्वप्रथम हुलाक टिकटको प्रकाशन कहिले गरियो ?

➖ विसं १९३८


२७. हालसम्मकै सबैभन्दा धेरै सम्पत्ति भएको व्यक्तिका रूपमा नयाँ रेकर्ड बनाउने धनाढ्य को हुन् ?

➖ जेफ बेजोस


२८. नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता कहिले प्राप्त गरेको हो ?

➖ सन् १९५५ डिसेम्बर १४ 


२९. सत्यमोहन जोशीको तस्बिरअंकित सिक्का कहिले सार्वजनिक गरियो ?

➖ विसं २०७६ भदौ २४ 


३०. चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली कहिलेदेखि लागू भएको हो ?

➖विसं २०७५ साउन १


प्रस्तुतकर्ता : टङ्क केसी

  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg
Read More

Thursday, August 27, 2020

चेक (Cheque) भनेको के हो? ड्राफ्ट (Draft) भनेको के हो? चेक र ड्राफ्ट का प्रकार हरु र यिनीहरु बीच को भिन्न्ता हरु ।

  11:23 PM Arjun Singh Air   No comments

(क) चेक ( Cheque ) को अर्थ :

चेक त्यो लिखित आदेशपत्र हो जसको माध्यमबाट मात्र बैंकबाट रकम पैसा निकाल्न सकिन्छ । बैंक खातामा पैसा जम्मा गर्ने ग्राहकलाई बैंकद्धारा तयार गरिएको चेक पैसा झिक्ने प्रयोजनको निमित्त दिईन्छ । बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको रकम ग्राहकले चाहेको बेला सुरक्षित तवरबाट भुक्तानी गर्नका लागि बैंकले उपलब्ध गराउने भुक्तानी आदेश नै चेक हो । चेक खातावालाले माग्नासाथ भुक्तानी हुने ( Payable ) हुन्छ । यो सर्वाधिक प्रचलित साखपत्र हो । यो त्यस्तो विनिमयपत्र हो जुन बैंकमाथि खिचिएको हुन्छ र माग हुनासाथ तुरुन्तै भुक्तानी पनि हुन्छ । सामान्यतया बैंकद्वारा जारी हुने चेकमा निम्नकुराहरू समावेश भएका हुन्छन् ।

- सम्बन्धित बैंकको नाम ठेगाना
- चेक खिचिएको मिति
- चेक नं .
- रकम भुक्तानी गर्नुपर्ने व्यक्ति / संस्था ( Payee ) को नाम ।
- भुक्तानी गर्नुपर्ने रकम अंक र अक्षरमा लेख्ने ठाउँ । - ग्राहकको दस्तखत गर्ने ठाउँ
- चेकमा लेख्नुपर्ने अन्य कुनै विषेश आदेश लेख्ने ठाउँ ।

चेकको कारोवार बैकतथा बैंकमा खाताभएको व्यक्ति बीच मात्र हुन्छ । चेकको माध्यमबाट बैंकले कारोबार गर्नलाई चेक कलेक्सनका रूपमा लिइन्छ । चेक कलेक्सन तथा चेकमा आधारित कारोबार बैंकका विभिन्न सर्तहरूमा आधारित हुन्छ र यस्ता सर्त पुरा भएका अवस्थामा मात्र चेकको भुक्तानी हुन्छ । (कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
बैंकको चेक कारोबार गर्न अधिकार प्राप्त व्यक्तिले चेकमा यि सर्तहरू पूरा भए नभएको परीक्षण गरेर मात्र चेकको भुक्तानी दिनु पर्दछ ।

(ख) चेक भुक्तानी हुनका लागि निम्न कुराहरू पूरा भएको हुनु पर्दछ ।
==================================
• चेक खिच्ने व्यक्ति वा संस्थाको सम्बन्धित बैंकमा खाता खोलिएको हुनुपर्छ ।
• चेकमा भुक्तानीको लागि लेखिएको रकम अंक र अक्षार दुबैमा स्पष्ट रूपले लेख्नुपाई ।
• कमा उल्लेख भएको रकम खाने गरी खातामा रकम जम्मा भएको हुनुपर्ष ।
• चेक लेख्ने व्यक्तिले बैंकमा दिएको नमुना बमोजिमको हस्ताक्षर गर्नुपर्दछ (कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
• चेक काटेको मिति स्पष्टसंग उल्लेख गर्नुपर्दछ ।
- भुक्तानी प्राप्त गर्ने व्यक्तिले चेकको पछाडि आफ्नो हस्ताक्षर गर्नुपर्छ ।
• केरमेट भएको ठाउँमा छिटो हस्ताक्षर ( सही ) गरिनुपर्दछ । (कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
- चेक खिच्ने व्यक्तिले आफ्नो कारोबारको सुरक्षाका लागि चेकमा विभिन्न प्रकारका आदेशहरू लेख्न सक्छ।

यस्ता आदेश अनुसार बैंकले कारोवर गर्नु पर्ने भएकाले कारोवार सुरक्षित मानिन्छ ।

(ग) चेकका पक्षहरू ( Parties in aCheque )
चेकका प्रमुख ३ ( तीन ) पक्षहरू निम्न बमोजिम छन् ।
==================================
१) Drawer ( चेक लेखक )- बैंकमा खाता हुने खातावाला जसले भुक्तानी दिनु भनी चेक लेख्दछ त्यसलाई चेक लेखक भनिन्छ ।

२) Drawee ( भुक्तानी दिने पक्ष ) - बैंक जसले सदैव ग्राहकको / खातावालाको आदेशानुसार भुक्तानी दिन्छ , त्यसलाई भुक्तानी दिने पक्ष भनिन्छ ।
(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
३) Payee ( भुक्तानी पाउने पक्ष ) - व्यक्ति वा संस्था जसले चेकमा उल्लेखित रकमको भुक्तानी प्राप्त गर्दछ , त्यसलाई भुक्तानी पाउने पक्ष भनिन्छ ।

(घ) चेकका विशेषताहरू ( Characteristics of Cheque ) :-
==================================
- यो एउटा लोकप्रिय साखपत्र हो ।
- यो खातावालाले सम्वन्धित बैंकलाई दिने लिखित आदेश हो । (कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
- चेक शर्तरहित हुन्छ जुन पूर्ण विश्वास ( Good Faith ) मा आधारित हुन्छ ।
- चेक निश्चित अवधिको लागि तयार गरिएको हुन्छ । - चेक हस्तान्तरण ( Endorsement ) गर्न सकिन्छ ।
- चेकमा उल्लेखित रकम माग अनुसार चेक लिई आउने वा आदेशित व्यक्ति वा संस्थालाई भुक्तानी दिईन्छ ।

(ङ) चेकका किसिम ( Types of Cheque ) चेक मुख्य गरी ३ ( तीन ) प्रकारका हुन्छन् जसलाई निम्नानुसार व्याख्या गर्न सकिन्छ ।
==================================
( क ) वाहक चेक ( Bearer Cheque ) : वाहक अर्थात् चेक लिई आउने व्यक्तिलाई नै भुक्तानी दिन सकिने भएकाले यसलाई वाहक चेक भनिएको हो । यस्तो चेकमा लेखिएको रकम वाहकले चेक बैंकमा प्रस्तुत गरेपछि बैंकले उपलब्ध गराउँछ यस्तो चेकमा सुरक्षाको मात्रा न्यून रहेको हुन्छ ।
(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
( ख ) आदेशित चेक ( Order Cheque ) : जुन चेकमा “ आदेश " ( Order ) शब्द लेखिएको हुन्छ र निश्चित व्यक्ति वा निजबाट अधिकृत व्यक्तिलाई मात्र भुक्तानी लेत हुन्छ त्यसलाई आदेशित चेक ( Order Cheque ) भनिन्छ । यस्तो चेकको भुक्तान रकम पाउने व्यक्तिले चेकको पछाडिपट्टि दस्तखत गरेपछि मात्र बैंकले निजलाई भुक्तानी दिन्छ । बाहक चेकको तुलनामा यो बढी सुरक्षित हुन्छ ।

( ग ) रेखांकित चेक ( Crossed Cheque ) : अग्र भागमा मुख पृष्ठमै दुईवटा छड्के धाहरू कोरिएको हुन्छ त्यसलाई रेखांकित चेक भनिन्छ । यी दुईवटा धर्काबीच र कम्पनी " ( & .co ) लेखिएको हुन्छ ।(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७) यस्ता रेखाहरू सम्भावित जोखिम र त्रुटिहरूबाट बच्नका लागि खिचिएका हुन्छन् । बैंकमा खाता हुने व्यक्ति वा उसमार्फत्को व्यक्तिले मात्र रेखांकित चेकको रकम प्राप्त गर्दछ । यो चेक बढी सुरक्षित मानिन्छ । रेखांकित चेक मूलत : तीन प्रकारका हुन्छन् ।

( a ) साधारण रेखांकित चेक ( Ordinary Crossed Cheque ) : चेकको माथिल्लो देब्रे कुनामा दुई समान्तर रेखा खिची सो भित्र “ र कम्पनी ( & co . ) अथवा “ विनिमय गर्न नसकिने " भन्ने शब्द लेखिएको वा नलेखिएको चेकलाई साधारण रेखाकित चेक भनिन्छ ।

( b ) विशेष रेखांकित चेक ( Special Crossed Cheque ) : उक्त दुई समानान्तर रेखाहरूको वीचमा बैंकको नाम ( Banks ) लेखिएको भए त्यसमा विनिमय गर्न नसकिने भन्ने लेखिएको वा नलेखिएको जे भएता पनि त्यस्तो चेकलाई विशेष रेखांकित चेक भनिन्छ । यसको भुक्तानी भने चेकमा उल्लेख भएको बैंकबाट मात्र हुन्छ ।

( c ) खाता दाखिला चेक ( Only Account Payee Cheque ) : दुवै रेखाहरूबीच " खाता - दाखिला मात्र ” भन्ने शब्द लेखिएको चेकलाई खाता दाखिला रेखांकित चेक भनिन्छ । यस्तो चेकको भुक्तानी केवल भुक्तानी पाउने व्यक्ति ( Payee ) को खातामा जम्मा भएपछि मात्र नियमानुसार भुक्तानी दिइन्छ । यदि व्यक्तिको सम्बन्धित बैंकमा खाता नभएको भए खाता ( Accunt ) खोल्नुपर्दछ ।

(च) यात्रु चेक ( Travellers Cheque or TC ) :
==================================
यात्रु चेक खासगरी विदेश भ्रमणका लागि सर्वाधिक प्रचलनमा रहेको साखपत्र हो । देश विदेश घुमिरहने पर्यटकहरूका लागि नगदभन्दा यात्रुचेक लिएर भ्रमण गर्नु सुरक्षित हुने भएकाले नै यस चेकको सुरुवात भएको हो । ग्राहकलाई यस्तो चेक जारी गर्ने बैंकले यात्रु चेकसम्बन्धी व्यावसायमा संलग्न संस्था , प्रतिष्ठित बैंक वा वित्तीय संस्थासँग सम्बन्ध राखेर सम्बन्धित संस्थाको नामको यात्रु चेक प्राप्त गर्ने व्यवस्था मिलाउँछ ।
(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
कुनै ग्राहक / यात्रुले चेक किन्न चाहेमा जति रकमका लागि माग भएको हो सो बरावरको रकम र केही दस्तुर ग्राहक / यात्रुसँग लिएर विक्री गर्दछ । नेपालमा पनि नेपाल राष्ट्र बैंक र अन्य वाणिज्य बैंकले यस्तो चेक उपलब्ध गराउदै आएका छन् ।

यस्तो यात्रु चेक खरिद गर्ने व्यक्तिले चेकको दुई ठाउँमा हस्ताक्षर गर्नुपर्दछ । नगद साट्ने वा भुक्तानी गर्ने बेलामा चेकको प्रमाणिकताका लागि दुईटै हस्ताक्षर मिले नमिलेको रुजु गरिन्छ र पासपोर्टसँग पनि भिडान गरिन्छ ।

(छ) चेकको अनादर ( Dishonour of cheque ) :
==================================
कुनै पनि बैंकद्वारा चेकमा उल्लेखित रकमको भुक्तानी दिन इन्कार गर्नु वा Cheque accept नगर्नुलाई चेकको अनादार Dishonour of cheque भनिन्छ । सामान्यतया निम्न अवस्थामा बैंकले कुनै पनि चेक अनादार गर्न सक्छ ।
ग्राहकको मृत्यु भएको सूचना बैंकले प्राप्त गरेमा वा चेक लेख्ने व्यक्ति पागल भएको थाहा भएमा ,
ग्राहक टाट पल्टेमा ,
चेकको समयावधि पूरा भएमा ,
चेकको भुक्तानी दिन अदालतद्वारा बन्देज लगाएको अवस्थामा ,
भुक्तानी नदिन सम्बन्धित पक्षले अनुरोध गरेमा ,
चेकमा लेखिएको रकम अंक , अक्षर , ग्राहकको दस्तखत , मिति , खाता नम्बर आदि फरक परेमा ,

अत : उल्लेखित अवस्थाबाहेक चेक अस्वीकार गर्ने अन्य मनासिव कारणहरू र सूचना बैंकलाई प्राप्त भएमा बैंकले चेक अनादर गर्न सक्छ ।

(ज) ड्राफ्ट ( Draft ) :-
==================================
ड्राफ्ट चेक जस्तै एक प्रकारको भुक्तानी आदेश हो । तर यसमा चेकको भन्दा केही फरक विशेषताहरू रहेका हुन्छन् । यो सम्बन्धित बैंकले ग्राहकको रकम अर्को कुनै बैंकको शाखाबाट रकम भुक्तानी हुने गरी पठाउने आदेश पत्र हो । एक स्थानबाट अर्को स्थानमा पैसा पठाउने विप्रेषण ( Remittance ) का विभिन्न माध्यममध्ये बढी प्रचलन रहेको माध्यम नै बैंक ड्राफ्ट हो । यसलाई हुण्डी पनि भनिन्छ । विनिमय अधिकार पत्र ऐन २०३४ को दफा २ ( क ) ले " ड्राफ्ट भन्नाले कुनै बैंकले आफ्नो एक कार्यालयबाट अर्को कार्यालय उपर कुनै खास व्यक्तिले वा निजले अहाएकाले माग्नासाथ भुक्तानी पाउने गरी खिचेको विनिमयपत्र सम्झनुपर्छ ” भनी ड्राफ्टको परिभाषा गरिएको छ । उक्त परिभाषालाई मनन गर्दा कुनै पनि बैंकले अर्को बैंकउपर भुक्तानी दिनका लागि ड्राफ्ट खिच्न सक्ने र यस्तो कार्य देशभित्रका बैंकसँग र अर्को देशको बैंकसित पनि गर्न सक्ने देखिन्छ तर यसरी ड्राफ्ट खिच्दा ती दुवै बैंकबीच घनिष्ट सम्बन्ध रहेको हुनु अनिवार्य मानिन्छ । (कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)

(झ) ड्राफ्टमा संलग्न रहने पक्षहरू :-
==================================
ड्राफ्टको उत्पत्तिदेखि अन्त्यसम्म विभिन्न तरिकाबाट निम्न चार पक्षहरूको संलग्नता रहेको हुन्छ ।
(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
१)पहिलो पक्ष : यसलाई कारोवारको सुरूपक्ष भनिन्छ । यो बैंकको ग्राहक ( Sender ) नै चाहेको व्यक्तिको नाममा ड्राफ्ट खरिद गर्दछ ।

२) दोस्रो पक्ष : भुक्तानी पाउने Payee लाई दोस्रो पक्ष भनिन्छ । यो ड्राफट मार्फत रकम भुक्तानी गर्ने प्रक्रिया को महत्त्वपूर्ण ब्याक्ती मानिन्छ ।

३) तेस्रो पक्ष : ड्राफट खिच्ने बैंक तेस्रो पक्ष हो । जहाँबाट ड्राफटको उत्पास्ति भायेको हुन्छ । यल्लो ड्राफ्टको उत्पत्ति भने पहिलो पक्षको आदेशअनुसार भएको हुन्छ । पहिलो पक्षको आदेशअनुरूप ड्राफ्ट बनाउने बैंकलाई Drawer Bank पनि भनिन्छ ।

४) चौथो पक्ष : भुक्तानी दिने बैंक नै चौथो पक्ष हो । Drawer Bank को निर्देशनाअनुसार आवश्यक प्रक्रिया पूरा गरी चौथो पक्षले भुक्तानी दिने कार्य गर्दछ । तसर्थ भुक्तानी दिने बैंकलाई Drawee Bank भनिन्छ ।

(ञ) ड्राफ्टका विशेषताहरू
==================================
( १ ) ड्राफ्टमा पठाउनेको नभएर पाउनेको नाम उल्लेख भएको हुन्छ ।
( २ ) ड्राफ्ट नम्बर , शाखा बैंकको नाम , अंक र अक्षरेपीमा रकम , प्रोजेक्टर बैंकको छाप , बैंकको आधिकारिक दस्तखत तथा मिति उल्लेख भएको हुन्छ ।
( ३ ) आधिकारिक ड्राफ्ट हो होइन भन्ने कुरा ड्राफ्टमा रहेको बैंकको आधिकारिक दस्तखतले मात्र प्रमाणित गर्न सकिन्छ ।

( ४ ) ड्राफ्टको भुक्तानी बैंकले दिनुपर्छ । यस्तो रकम खातावाला वा बैंकले चिनेको व्यक्तिको परिचय लिएमात्र भुक्तानी दिने गर्दछ ।

( ५ ) यदि ड्राफ्टमा ANC payee only उल्लेख छ भने भुक्तानी पाउने व्यक्तिको आदेश पाउने बैंकमा खाता ( Account ) अनिवार्य रूपमा हुनुपर्दछ । यस्तो ड्राफ्ट वापत आएको रकम सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिन्छ र चेकमार्फत् भुक्तानी दिइन्छ ।
(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
( ६ ) बैंक ड्राफ्टको आयु ६ महिनाको मात्र हुन्छ ६ महिनापछि स्वत : निस्क्रिय हुन्छ ।

(ट) ड्राफ्टका प्रकारहरू ( Types of Draft )
ड्राफ्टलाई निम्न आधारमा वर्गीकरण गर्न सकिन्छ ।
==================================
( क ) क्षेत्रगत आधारमा :-
-----------------------------------
१ . स्वदेशी ड्राफ्ट : एउटै देशभित्रका २ बैंकहरू वा बैंकका शाखाहरू वीच कारोबार वा विनिमय हुनसक्ने ड्राफ्ट स्वादेशी ड्राफ्ट हो जसमा Drawer Bank र Drawee Bank एउटै देश भित्र रहेका हुन्छन् ।

२ . विदेशी ड्राफ्ट : फरक फरक देशका बैंकहरूबीच ड्राफ्टको कारोवार भएमा अर्थात् Drawer Bank र Drawee Bank फरक फरक देशका भएमा त्यस्तो ड्राफ्ट विदेशी ड्राफ्ट हुन्छ ।
(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
( ख ) भुक्तानी हुने प्रकृतिको आधारमा :-
-----------------------------------------------------
१ . Bearer Draft : ड्राफ्ट लिई आउनासाथ उक्त ड्राफ्ट बाहकलाई तोकिएको रकम तत्कालै नगदमा भुक्तानी गरिन्छ भने त्यसलाई बाहक ड्राफ्ट भनिन्छ । जुन तुलनात्मक रूपमा सुरक्षित मानिदैन

२ . Account Payee Draft : ड्राफ्टमा उल्लेखित रकम सोझै नगदमा प्रदान नगरी सम्बन्धित व्यक्तिको खातामा जम्मा गरेर मात्र भुक्तानी दिईने ड्राफ्टलाई Account Payee Draft भनिन्छ । जुन तुलनात्मकरूपमा वढीसुरक्षित मानिन्छ ।

(ठ) चेक र ड्राफ्टमा फरक :-
==================================
(क) चेक :-
-----------------
(१) यो खातावाला व्यक्ति वा संस्थाले बैकयो उपर खिचेको लिखित आदेशपत्र हो ।

(२)चेक मार्फत् एक व्यक्तिबाट अर्को व्यक्तिलाई भुक्तान गर्ने गरिन्छ । अर्थात् भुक्तानी गर्ने कार्यमा यस्को प्रयोग बढी हुन्छ ।

(३)यसमा निक्षेप स्वीकार गर्ने बैक र भुक्तानी गर्ने बैंक एउटै हुन्छ ।
(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
(४) यसमा आदेश दिने व्यक्ति वा संस्था हुन्छ ।

(५) चेक कारोवार गर्नुअघि खातावालाको खातामा रकम जम्मा हुनु जरुरी छ ।

ड्राफ्ट (Draft) :-
----------------------

(१) यो एउटा बैंकले अर्को बैंक वा आफ्नो शाखा उपर खिचेको लिखित आदेशपत्र हो ।

(२) ड्राफ्ट मार्फत् एक बैकबाट अर्को बैंकमा रकम स्थानान्तरण गरिन्छ । अर्थात् रकम स्थानान्तरण गर्नमा यस्को बढी प्रयोग हुन्छ ।

(३) यसमा निक्षेप स्वीकार्ने बैंक र भुक्तानी गर्ने बैंक फरक फरक हुन्छ ।

(४) यसमा आदेश दिने बैंक हुन्छ ।
(५) ड्राफ्ट तयार गर्ने समयमा नै रकम दिइने वा जम्मा गर्ने गरिन्छ ।
(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७ बाट)
#स्रोत:- bankingpost
  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg
Read More

ADBL Old question Level 4,:- 2076

  11:19 PM Arjun Singh Air   No comments

 



  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg
Read More
Older Posts Home
Subscribe to: Posts (Atom)
  • Popular Post
  • Video
  • Category

Popular Posts

  • Association
        Association Men have different needs, desires, interest and ends. They have three ways to fulfill their ends. Firstly they may act ...
  • Institution
            Institution The concept of institution is one of the most important in the entire field of sociology. Institutions are the organs...
  • Society
             Society Society is a fundamental term of sociology. The term is derived from the Latin word “socius”, which means Companion ...
  • Community
          Community The term community is very loosely used. It is given different interpretation to meant different things like : religiou...
  • Recording of Transaction
    Journal Entries (Books of Original Entry) Methods of Dr. and Cr. 1-       Account based method       Personal Account (Natural &A...
  • Differences between society and community
    Differences between society and community Society Community 1.       Society is a web of social relation...
  • लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४
      १. नेपालको संविधानअनुसार देहायका व्यक्तिले आफ्नो पद तथा गोपनीयताको शपथ को समक्ष लिने व्यवस्था छ ?  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्र...
  • अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण प्रश्नहरु
      अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण प्रश्नहरु १) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? सन् १९४५ अक्टुवर २४ २) संयुक्त रा...
  • चेक (Cheque) भनेको के हो? ड्राफ्ट (Draft) भनेको के हो? चेक र ड्राफ्ट का प्रकार हरु र यिनीहरु बीच को भिन्न्ता हरु ।
    (क) चेक ( Cheque ) को अर्थ : चेक त्यो लिखित आदेशपत्र हो जसको माध्यमबाट मात्र बैंकबाट रकम पैसा निकाल्न सकिन्छ । बैंक खातामा पैसा जम्मा गर्ने...
  • बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४
    १. वि.सं. २०७७ भदौ २२ मा मनाइएको १७ औँ निजामती सेवा दिवसको नारा के हो ?  स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन नेपालमा वि.सं. २०...

Video Of Day

Popular Posts

  • Association
        Association Men have different needs, desires, interest and ends. They have three ways to fulfill their ends. Firstly they may act ...
  • Institution
            Institution The concept of institution is one of the most important in the entire field of sociology. Institutions are the organs...
  • Society
             Society Society is a fundamental term of sociology. The term is derived from the Latin word “socius”, which means Companion ...
  • Community
          Community The term community is very loosely used. It is given different interpretation to meant different things like : religiou...
  • Recording of Transaction
    Journal Entries (Books of Original Entry) Methods of Dr. and Cr. 1-       Account based method       Personal Account (Natural &A...
  • Differences between society and community
    Differences between society and community Society Community 1.       Society is a web of social relation...
  • लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४
      १. नेपालको संविधानअनुसार देहायका व्यक्तिले आफ्नो पद तथा गोपनीयताको शपथ को समक्ष लिने व्यवस्था छ ?  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्र...
  • अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण प्रश्नहरु
      अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण प्रश्नहरु १) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? सन् १९४५ अक्टुवर २४ २) संयुक्त रा...
  • चेक (Cheque) भनेको के हो? ड्राफ्ट (Draft) भनेको के हो? चेक र ड्राफ्ट का प्रकार हरु र यिनीहरु बीच को भिन्न्ता हरु ।
    (क) चेक ( Cheque ) को अर्थ : चेक त्यो लिखित आदेशपत्र हो जसको माध्यमबाट मात्र बैंकबाट रकम पैसा निकाल्न सकिन्छ । बैंक खातामा पैसा जम्मा गर्ने...
  • बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४
    १. वि.सं. २०७७ भदौ २२ मा मनाइएको १७ औँ निजामती सेवा दिवसको नारा के हो ?  स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन नेपालमा वि.सं. २०...

Blog Archive

  • ▼  2020 (8)
    • ▼  September (4)
      • अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण ...
      • बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४
      • लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४
      • लोकसेवा तयारी सामग्री २०७७ भाद्र १७
    • ►  August (4)
  • ►  2016 (7)
    • ►  September (7)

Headline

Integer elementum massa at nulla placerat varius. Suspendisse in libero risus, in interdum massa. Vestibulum ac leo vitae metus faucibus.

Followers

Top Sites

  • popcornradio.com
  • Pidza
  • weechi.com
  • gmdm.rocks
  • xmlbloggertemplates.com
Copyright © अर्जुन सिंह ऐर | Powered by Blogger Design by XML Blogger Templates