(क) चेक ( Cheque ) को अर्थ :
चेक त्यो लिखित आदेशपत्र हो जसको माध्यमबाट मात्र बैंकबाट रकम पैसा निकाल्न सकिन्छ । बैंक खातामा पैसा जम्मा गर्ने ग्राहकलाई बैंकद्धारा तयार गरिएको चेक पैसा झिक्ने प्रयोजनको निमित्त दिईन्छ । बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको रकम ग्राहकले चाहेको बेला सुरक्षित तवरबाट भुक्तानी गर्नका लागि बैंकले उपलब्ध गराउने भुक्तानी आदेश नै चेक हो । चेक खातावालाले माग्नासाथ भुक्तानी हुने ( Payable ) हुन्छ । यो सर्वाधिक प्रचलित साखपत्र हो । यो त्यस्तो विनिमयपत्र हो जुन बैंकमाथि खिचिएको हुन्छ र माग हुनासाथ तुरुन्तै भुक्तानी पनि हुन्छ । सामान्यतया बैंकद्वारा जारी हुने चेकमा निम्नकुराहरू समावेश भएका हुन्छन् ।
- सम्बन्धित बैंकको नाम ठेगाना
- चेक खिचिएको मिति
- चेक नं .
- रकम भुक्तानी गर्नुपर्ने व्यक्ति / संस्था ( Payee ) को नाम ।
- भुक्तानी गर्नुपर्ने रकम अंक र अक्षरमा लेख्ने ठाउँ । - ग्राहकको दस्तखत गर्ने ठाउँ
- चेकमा लेख्नुपर्ने अन्य कुनै विषेश आदेश लेख्ने ठाउँ ।
चेकको कारोवार बैकतथा बैंकमा खाताभएको व्यक्ति बीच मात्र हुन्छ । चेकको माध्यमबाट बैंकले कारोबार गर्नलाई चेक कलेक्सनका रूपमा लिइन्छ । चेक कलेक्सन तथा चेकमा आधारित कारोबार बैंकका विभिन्न सर्तहरूमा आधारित हुन्छ र यस्ता सर्त पुरा भएका अवस्थामा मात्र चेकको भुक्तानी हुन्छ । (कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
बैंकको चेक कारोबार गर्न अधिकार प्राप्त व्यक्तिले चेकमा यि सर्तहरू पूरा भए नभएको परीक्षण गरेर मात्र चेकको भुक्तानी दिनु पर्दछ ।
(ख) चेक भुक्तानी हुनका लागि निम्न कुराहरू पूरा भएको हुनु पर्दछ ।
==================================
• चेक खिच्ने व्यक्ति वा संस्थाको सम्बन्धित बैंकमा खाता खोलिएको हुनुपर्छ ।
• चेकमा भुक्तानीको लागि लेखिएको रकम अंक र अक्षार दुबैमा स्पष्ट रूपले लेख्नुपाई ।
• कमा उल्लेख भएको रकम खाने गरी खातामा रकम जम्मा भएको हुनुपर्ष ।
• चेक लेख्ने व्यक्तिले बैंकमा दिएको नमुना बमोजिमको हस्ताक्षर गर्नुपर्दछ (कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
• चेक काटेको मिति स्पष्टसंग उल्लेख गर्नुपर्दछ ।
- भुक्तानी प्राप्त गर्ने व्यक्तिले चेकको पछाडि आफ्नो हस्ताक्षर गर्नुपर्छ ।
• केरमेट भएको ठाउँमा छिटो हस्ताक्षर ( सही ) गरिनुपर्दछ । (कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
- चेक खिच्ने व्यक्तिले आफ्नो कारोबारको सुरक्षाका लागि चेकमा विभिन्न प्रकारका आदेशहरू लेख्न सक्छ।
यस्ता आदेश अनुसार बैंकले कारोवर गर्नु पर्ने भएकाले कारोवार सुरक्षित मानिन्छ ।
(ग) चेकका पक्षहरू ( Parties in aCheque )
चेकका प्रमुख ३ ( तीन ) पक्षहरू निम्न बमोजिम छन् ।
==================================
१) Drawer ( चेक लेखक )- बैंकमा खाता हुने खातावाला जसले भुक्तानी दिनु भनी चेक लेख्दछ त्यसलाई चेक लेखक भनिन्छ ।
२) Drawee ( भुक्तानी दिने पक्ष ) - बैंक जसले सदैव ग्राहकको / खातावालाको आदेशानुसार भुक्तानी दिन्छ , त्यसलाई भुक्तानी दिने पक्ष भनिन्छ ।
(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
३) Payee ( भुक्तानी पाउने पक्ष ) - व्यक्ति वा संस्था जसले चेकमा उल्लेखित रकमको भुक्तानी प्राप्त गर्दछ , त्यसलाई भुक्तानी पाउने पक्ष भनिन्छ ।
(घ) चेकका विशेषताहरू ( Characteristics of Cheque ) :-
==================================
- यो एउटा लोकप्रिय साखपत्र हो ।
- यो खातावालाले सम्वन्धित बैंकलाई दिने लिखित आदेश हो । (कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
- चेक शर्तरहित हुन्छ जुन पूर्ण विश्वास ( Good Faith ) मा आधारित हुन्छ ।
- चेक निश्चित अवधिको लागि तयार गरिएको हुन्छ । - चेक हस्तान्तरण ( Endorsement ) गर्न सकिन्छ ।
- चेकमा उल्लेखित रकम माग अनुसार चेक लिई आउने वा आदेशित व्यक्ति वा संस्थालाई भुक्तानी दिईन्छ ।
(ङ) चेकका किसिम ( Types of Cheque ) चेक मुख्य गरी ३ ( तीन ) प्रकारका हुन्छन् जसलाई निम्नानुसार व्याख्या गर्न सकिन्छ ।
==================================
( क ) वाहक चेक ( Bearer Cheque ) : वाहक अर्थात् चेक लिई आउने व्यक्तिलाई नै भुक्तानी दिन सकिने भएकाले यसलाई वाहक चेक भनिएको हो । यस्तो चेकमा लेखिएको रकम वाहकले चेक बैंकमा प्रस्तुत गरेपछि बैंकले उपलब्ध गराउँछ यस्तो चेकमा सुरक्षाको मात्रा न्यून रहेको हुन्छ ।
(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
( ख ) आदेशित चेक ( Order Cheque ) : जुन चेकमा “ आदेश " ( Order ) शब्द लेखिएको हुन्छ र निश्चित व्यक्ति वा निजबाट अधिकृत व्यक्तिलाई मात्र भुक्तानी लेत हुन्छ त्यसलाई आदेशित चेक ( Order Cheque ) भनिन्छ । यस्तो चेकको भुक्तान रकम पाउने व्यक्तिले चेकको पछाडिपट्टि दस्तखत गरेपछि मात्र बैंकले निजलाई भुक्तानी दिन्छ । बाहक चेकको तुलनामा यो बढी सुरक्षित हुन्छ ।
( ग ) रेखांकित चेक ( Crossed Cheque ) : अग्र भागमा मुख पृष्ठमै दुईवटा छड्के धाहरू कोरिएको हुन्छ त्यसलाई रेखांकित चेक भनिन्छ । यी दुईवटा धर्काबीच र कम्पनी " ( & .co ) लेखिएको हुन्छ ।(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७) यस्ता रेखाहरू सम्भावित जोखिम र त्रुटिहरूबाट बच्नका लागि खिचिएका हुन्छन् । बैंकमा खाता हुने व्यक्ति वा उसमार्फत्को व्यक्तिले मात्र रेखांकित चेकको रकम प्राप्त गर्दछ । यो चेक बढी सुरक्षित मानिन्छ । रेखांकित चेक मूलत : तीन प्रकारका हुन्छन् ।
( a ) साधारण रेखांकित चेक ( Ordinary Crossed Cheque ) : चेकको माथिल्लो देब्रे कुनामा दुई समान्तर रेखा खिची सो भित्र “ र कम्पनी ( & co . ) अथवा “ विनिमय गर्न नसकिने " भन्ने शब्द लेखिएको वा नलेखिएको चेकलाई साधारण रेखाकित चेक भनिन्छ ।
( b ) विशेष रेखांकित चेक ( Special Crossed Cheque ) : उक्त दुई समानान्तर रेखाहरूको वीचमा बैंकको नाम ( Banks ) लेखिएको भए त्यसमा विनिमय गर्न नसकिने भन्ने लेखिएको वा नलेखिएको जे भएता पनि त्यस्तो चेकलाई विशेष रेखांकित चेक भनिन्छ । यसको भुक्तानी भने चेकमा उल्लेख भएको बैंकबाट मात्र हुन्छ ।
( c ) खाता दाखिला चेक ( Only Account Payee Cheque ) : दुवै रेखाहरूबीच " खाता - दाखिला मात्र ” भन्ने शब्द लेखिएको चेकलाई खाता दाखिला रेखांकित चेक भनिन्छ । यस्तो चेकको भुक्तानी केवल भुक्तानी पाउने व्यक्ति ( Payee ) को खातामा जम्मा भएपछि मात्र नियमानुसार भुक्तानी दिइन्छ । यदि व्यक्तिको सम्बन्धित बैंकमा खाता नभएको भए खाता ( Accunt ) खोल्नुपर्दछ ।
(च) यात्रु चेक ( Travellers Cheque or TC ) :
==================================
यात्रु चेक खासगरी विदेश भ्रमणका लागि सर्वाधिक प्रचलनमा रहेको साखपत्र हो । देश विदेश घुमिरहने पर्यटकहरूका लागि नगदभन्दा यात्रुचेक लिएर भ्रमण गर्नु सुरक्षित हुने भएकाले नै यस चेकको सुरुवात भएको हो । ग्राहकलाई यस्तो चेक जारी गर्ने बैंकले यात्रु चेकसम्बन्धी व्यावसायमा संलग्न संस्था , प्रतिष्ठित बैंक वा वित्तीय संस्थासँग सम्बन्ध राखेर सम्बन्धित संस्थाको नामको यात्रु चेक प्राप्त गर्ने व्यवस्था मिलाउँछ ।
(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
कुनै ग्राहक / यात्रुले चेक किन्न चाहेमा जति रकमका लागि माग भएको हो सो बरावरको रकम र केही दस्तुर ग्राहक / यात्रुसँग लिएर विक्री गर्दछ । नेपालमा पनि नेपाल राष्ट्र बैंक र अन्य वाणिज्य बैंकले यस्तो चेक उपलब्ध गराउदै आएका छन् ।
यस्तो यात्रु चेक खरिद गर्ने व्यक्तिले चेकको दुई ठाउँमा हस्ताक्षर गर्नुपर्दछ । नगद साट्ने वा भुक्तानी गर्ने बेलामा चेकको प्रमाणिकताका लागि दुईटै हस्ताक्षर मिले नमिलेको रुजु गरिन्छ र पासपोर्टसँग पनि भिडान गरिन्छ ।
(छ) चेकको अनादर ( Dishonour of cheque ) :
==================================
कुनै पनि बैंकद्वारा चेकमा उल्लेखित रकमको भुक्तानी दिन इन्कार गर्नु वा Cheque accept नगर्नुलाई चेकको अनादार Dishonour of cheque भनिन्छ । सामान्यतया निम्न अवस्थामा बैंकले कुनै पनि चेक अनादार गर्न सक्छ ।
ग्राहकको मृत्यु भएको सूचना बैंकले प्राप्त गरेमा वा चेक लेख्ने व्यक्ति पागल भएको थाहा भएमा ,
ग्राहक टाट पल्टेमा ,
चेकको समयावधि पूरा भएमा ,
चेकको भुक्तानी दिन अदालतद्वारा बन्देज लगाएको अवस्थामा ,
भुक्तानी नदिन सम्बन्धित पक्षले अनुरोध गरेमा ,
चेकमा लेखिएको रकम अंक , अक्षर , ग्राहकको दस्तखत , मिति , खाता नम्बर आदि फरक परेमा ,
अत : उल्लेखित अवस्थाबाहेक चेक अस्वीकार गर्ने अन्य मनासिव कारणहरू र सूचना बैंकलाई प्राप्त भएमा बैंकले चेक अनादर गर्न सक्छ ।
(ज) ड्राफ्ट ( Draft ) :-
==================================
ड्राफ्ट चेक जस्तै एक प्रकारको भुक्तानी आदेश हो । तर यसमा चेकको भन्दा केही फरक विशेषताहरू रहेका हुन्छन् । यो सम्बन्धित बैंकले ग्राहकको रकम अर्को कुनै बैंकको शाखाबाट रकम भुक्तानी हुने गरी पठाउने आदेश पत्र हो । एक स्थानबाट अर्को स्थानमा पैसा पठाउने विप्रेषण ( Remittance ) का विभिन्न माध्यममध्ये बढी प्रचलन रहेको माध्यम नै बैंक ड्राफ्ट हो । यसलाई हुण्डी पनि भनिन्छ । विनिमय अधिकार पत्र ऐन २०३४ को दफा २ ( क ) ले " ड्राफ्ट भन्नाले कुनै बैंकले आफ्नो एक कार्यालयबाट अर्को कार्यालय उपर कुनै खास व्यक्तिले वा निजले अहाएकाले माग्नासाथ भुक्तानी पाउने गरी खिचेको विनिमयपत्र सम्झनुपर्छ ” भनी ड्राफ्टको परिभाषा गरिएको छ । उक्त परिभाषालाई मनन गर्दा कुनै पनि बैंकले अर्को बैंकउपर भुक्तानी दिनका लागि ड्राफ्ट खिच्न सक्ने र यस्तो कार्य देशभित्रका बैंकसँग र अर्को देशको बैंकसित पनि गर्न सक्ने देखिन्छ तर यसरी ड्राफ्ट खिच्दा ती दुवै बैंकबीच घनिष्ट सम्बन्ध रहेको हुनु अनिवार्य मानिन्छ । (कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
(झ) ड्राफ्टमा संलग्न रहने पक्षहरू :-
==================================
ड्राफ्टको उत्पत्तिदेखि अन्त्यसम्म विभिन्न तरिकाबाट निम्न चार पक्षहरूको संलग्नता रहेको हुन्छ ।
(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
१)पहिलो पक्ष : यसलाई कारोवारको सुरूपक्ष भनिन्छ । यो बैंकको ग्राहक ( Sender ) नै चाहेको व्यक्तिको नाममा ड्राफ्ट खरिद गर्दछ ।
२) दोस्रो पक्ष : भुक्तानी पाउने Payee लाई दोस्रो पक्ष भनिन्छ । यो ड्राफट मार्फत रकम भुक्तानी गर्ने प्रक्रिया को महत्त्वपूर्ण ब्याक्ती मानिन्छ ।
३) तेस्रो पक्ष : ड्राफट खिच्ने बैंक तेस्रो पक्ष हो । जहाँबाट ड्राफटको उत्पास्ति भायेको हुन्छ । यल्लो ड्राफ्टको उत्पत्ति भने पहिलो पक्षको आदेशअनुसार भएको हुन्छ । पहिलो पक्षको आदेशअनुरूप ड्राफ्ट बनाउने बैंकलाई Drawer Bank पनि भनिन्छ ।
४) चौथो पक्ष : भुक्तानी दिने बैंक नै चौथो पक्ष हो । Drawer Bank को निर्देशनाअनुसार आवश्यक प्रक्रिया पूरा गरी चौथो पक्षले भुक्तानी दिने कार्य गर्दछ । तसर्थ भुक्तानी दिने बैंकलाई Drawee Bank भनिन्छ ।
(ञ) ड्राफ्टका विशेषताहरू
==================================
( १ ) ड्राफ्टमा पठाउनेको नभएर पाउनेको नाम उल्लेख भएको हुन्छ ।
( २ ) ड्राफ्ट नम्बर , शाखा बैंकको नाम , अंक र अक्षरेपीमा रकम , प्रोजेक्टर बैंकको छाप , बैंकको आधिकारिक दस्तखत तथा मिति उल्लेख भएको हुन्छ ।
( ३ ) आधिकारिक ड्राफ्ट हो होइन भन्ने कुरा ड्राफ्टमा रहेको बैंकको आधिकारिक दस्तखतले मात्र प्रमाणित गर्न सकिन्छ ।
( ४ ) ड्राफ्टको भुक्तानी बैंकले दिनुपर्छ । यस्तो रकम खातावाला वा बैंकले चिनेको व्यक्तिको परिचय लिएमात्र भुक्तानी दिने गर्दछ ।
( ५ ) यदि ड्राफ्टमा ANC payee only उल्लेख छ भने भुक्तानी पाउने व्यक्तिको आदेश पाउने बैंकमा खाता ( Account ) अनिवार्य रूपमा हुनुपर्दछ । यस्तो ड्राफ्ट वापत आएको रकम सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिन्छ र चेकमार्फत् भुक्तानी दिइन्छ ।
(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
( ६ ) बैंक ड्राफ्टको आयु ६ महिनाको मात्र हुन्छ ६ महिनापछि स्वत : निस्क्रिय हुन्छ ।
(ट) ड्राफ्टका प्रकारहरू ( Types of Draft )
ड्राफ्टलाई निम्न आधारमा वर्गीकरण गर्न सकिन्छ ।
==================================
( क ) क्षेत्रगत आधारमा :-
-----------------------------------
१ . स्वदेशी ड्राफ्ट : एउटै देशभित्रका २ बैंकहरू वा बैंकका शाखाहरू वीच कारोबार वा विनिमय हुनसक्ने ड्राफ्ट स्वादेशी ड्राफ्ट हो जसमा Drawer Bank र Drawee Bank एउटै देश भित्र रहेका हुन्छन् ।
२ . विदेशी ड्राफ्ट : फरक फरक देशका बैंकहरूबीच ड्राफ्टको कारोवार भएमा अर्थात् Drawer Bank र Drawee Bank फरक फरक देशका भएमा त्यस्तो ड्राफ्ट विदेशी ड्राफ्ट हुन्छ ।
(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
( ख ) भुक्तानी हुने प्रकृतिको आधारमा :-
-----------------------------------------------------
१ . Bearer Draft : ड्राफ्ट लिई आउनासाथ उक्त ड्राफ्ट बाहकलाई तोकिएको रकम तत्कालै नगदमा भुक्तानी गरिन्छ भने त्यसलाई बाहक ड्राफ्ट भनिन्छ । जुन तुलनात्मक रूपमा सुरक्षित मानिदैन
२ . Account Payee Draft : ड्राफ्टमा उल्लेखित रकम सोझै नगदमा प्रदान नगरी सम्बन्धित व्यक्तिको खातामा जम्मा गरेर मात्र भुक्तानी दिईने ड्राफ्टलाई Account Payee Draft भनिन्छ । जुन तुलनात्मकरूपमा वढीसुरक्षित मानिन्छ ।
(ठ) चेक र ड्राफ्टमा फरक :-
==================================
(क) चेक :-
-----------------
(१) यो खातावाला व्यक्ति वा संस्थाले बैकयो उपर खिचेको लिखित आदेशपत्र हो ।
(२)चेक मार्फत् एक व्यक्तिबाट अर्को व्यक्तिलाई भुक्तान गर्ने गरिन्छ । अर्थात् भुक्तानी गर्ने कार्यमा यस्को प्रयोग बढी हुन्छ ।
(३)यसमा निक्षेप स्वीकार गर्ने बैक र भुक्तानी गर्ने बैंक एउटै हुन्छ ।
(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७)
(४) यसमा आदेश दिने व्यक्ति वा संस्था हुन्छ ।
(५) चेक कारोवार गर्नुअघि खातावालाको खातामा रकम जम्मा हुनु जरुरी छ ।
ड्राफ्ट (Draft) :-
----------------------
(१) यो एउटा बैंकले अर्को बैंक वा आफ्नो शाखा उपर खिचेको लिखित आदेशपत्र हो ।
(२) ड्राफ्ट मार्फत् एक बैकबाट अर्को बैंकमा रकम स्थानान्तरण गरिन्छ । अर्थात् रकम स्थानान्तरण गर्नमा यस्को बढी प्रयोग हुन्छ ।
(३) यसमा निक्षेप स्वीकार्ने बैंक र भुक्तानी गर्ने बैंक फरक फरक हुन्छ ।
(४) यसमा आदेश दिने बैंक हुन्छ ।
(५) ड्राफ्ट तयार गर्ने समयमा नै रकम दिइने वा जम्मा गर्ने गरिन्छ ।
(कृषि विकास बैंक, नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंक तयारी २०७७ बाट)
#स्रोत:- bankingpost