अर्जुन सिंह ऐर

About

Arjun Singh Air
View my complete profile

List of Posts

  • ▼  2020 (8)
    • ▼  September (4)
      • अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण ...
      • बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४
      • लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४
      • लोकसेवा तयारी सामग्री २०७७ भाद्र १७
    • ►  August (4)
  • ►  2016 (7)
    • ►  September (7)
Powered by Blogger.

This space is for for Advertise

Menu
  • HOME
  • BANKING
    • Notes
    • News
    • NRB
    • ADBL
    • RBBL
    • NBL
    • Vacancy-Result
  • NEWS
  • SERVICE COMMISSION
    • PSC
    • TSC
  • TECHNOLOGY
  • ABOUT
  • CONTACT
  • SITEMAP
  • Search form is empty!

Thursday, August 27, 2020

भाद्र १० गते गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

  11:15 PM Arjun Singh Air   No comments

 भाद्र १० गते गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन कहिले भएको हो ?
 वि.सं. २०७७ भदौ २ ।
– वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा सय वर्षमा प्रवेश गर्नुभएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल साहित्यकार, कवि र गीतकार हुनुहुन्थ्यो ।
– वि.सं. १९९४ देखि नेपाली साहित्यिक फाँटमा सक्रिय राष्ट्रकवि घिमिरेका गौरी, मालतीमुङ्गले, हिमालपारि हिमालवारि, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी, चारु चर्चा, आफ्नो बाँसुरी आफ्नै गीत, घामपानी, नयाँ नेपाल, विषकन्या, शकुन्तलालगायतका दर्जनौँ कृति नेपाली समाजमा लोकप्रिय छन् ।
– राष्ट्रकवि घिमिरेका ‘नेपाली हामी रहौँला कहाँ’, ‘गाउँछ गीत नेपाली, फूलको थुँगा बगेर गयो, आजै र राती के देखेँ सपनी, झमझम पानी पर्यो असारको रात, सारङ्गी त रेटे पनि बज्छ मिठो धुन’लगायत दर्जनौँ कालजयी गीत नेपालीको मनमनमा गुञ्जिएका छन् । उहाँका कृतिहरू राष्ट्रिय भावनाले ओतप्रोत छन् ।
– नेपाल प्रज्ञा प्रतिष्ठनका आजीवन सदस्य घिमिरेले दुई कार्यकाल उपकुलपति तथा दुई वर्ष कुलपतिका रूपमा रहेर कार्य गर्नुभएको थियो ।
– उहाँका छ जना छोरी र दुई छोरा हुनुहुन्छ । पहिलो श्रीमती गौरीको २००४ सालमा निधनपछि महाकालीसँग दोस्रो विवाह गर्नुभएको थियो ।

२. वल्र्ड बुक अफ रेकर्ड, युके अवार्डबाट सम्मानित नेपाली बाल कराँते खेलाडी को हुन् ?
 आर्यन रञ्जित ।
– (सानो उमेरमै खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै आर्यनलाई उक्त अवार्डबाट सम्मान गरिएको ।)

३. भाषा साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार (२०७७ मा) कसलाई प्रदान गरियो ?
प्रा.डा. दयाराम श्रेष्ठ ।
– त्यस्तै, ललितकलातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार श्यामलाल श्रेष्ठलाई प्रदान गरिएको ।
– सङ्गीत तथा नाट्य विधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार सत्यनारायण चौधरीलाई प्रदान गरिएको । राष्ट्रिय प्रतिभा पुरस्कारको राशि जनही एक लाख र प्रादेशिक प्रतिभा पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको ।

४. २०७६ सालको महाकवि देवकोटा पुरस्कार कसलाई प्रदान गरियो ?
 कवितातर्फः मोहन सिटौला, निबन्धतर्फः प्रा. केशव सुवेदी, नाटकतर्फः पद्मावती सिंह, बाल÷लोकसाहित्यतर्फः डा. मधुसूदन गिरी र भाषासाहित्यतर्फ ः भैरव रिसाल ।

५. २०७६ सालको गोपालप्रसाद रिमाल राष्ट्रिय प्रतिभा पुरस्कार कसलाई प्रदान गरियो ?
 अभि सुवेदी (नाटकतर्फ) र घनश्याम उपाध्याय कँडेल (कवितातर्फ) ।

६. २०७६ सालको सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार कसलाई प्रदान गरियो ?
 नवराज विक (समाजसुधार अभियानतर्फ, मरणोपरान्त), त्रिभुवनचन्द्र वाग्ले (मानवअधिकारतर्फ) र तिलक परियार (सीप, कला, शिक्षा, साहित्यलेखन तथा अनुसन्धानतर्फ) ।

७. रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा सुख्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ?
 वि.सं. २०७६ मङ्सिर ४ ।
– साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सो बन्दरगाह निर्माणका लागि एक अर्ब ९८ करोड रुपियाँ लाग्ने अनुमान रहेको ।
– यो बन्दरगाह निर्माण सम्बन्धमा नेपाल र चीनवीच वि.सं. २०७६ वैशाख २९ मा समझदारीपत्रमा हस्ताक्षर भएको ।

८. एफटीटीएचको पूरा रूप के हो ?
 फाइबर टु द होम ।
– नेपाल टेलिकमले दु्रतगतिको इन्टरनेट सेवा एफटीटीएचको आरम्भ वि.सं. २०७६ भदौ २३ गते रूपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा गरेको ।
– एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरू प्रदान गर्न सकिने जनाइएको ।

९. विश्वमा क्रेडिट कार्डको प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?
 अमेरिका ।

१०. चीनका राष्ट्रपति सी चिनफिङले वान बेल्ट वान रोड (ओबीओआर) को अवधारणा कहिले प्रस्तुत गर्नुभयो ?
 सन् २०१३ ।
– नेपालले वि.सं. २०७४ वैशाख २५ मा ओबीओआरमा हस्ताक्षर गर्ने निर्णय गरेको । सो अनुरूप २०७४ वैशाख २९ मा नेपालका तर्फबाट हस्ताक्षर भएको ।
– ओबीओआरसम्बन्धी साझेदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी एवं चीनका तर्फबाट राजदूत यु होङले हस्ताक्षर गर्नुभएको ।

११. पारदर्शिताको प्रवद्र्धन गरी प्रभावकारी सरकार बनाउने उद्देश्यका साथ ‘ओपन गभर्नमेन्ट पार्टनरसीप’ (ओजीपी) को स्थापना कहिले गरिएको हो ?
 सन् २०११ सेप्टेम्बर २० ।
– ओजीपीको संस्थापक राष्ट्रहरूमा अमेरिका, मेक्सिको, ब्राजिल, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, बेलायत र नर्वे रहेका ।
– यस संस्थामा हाल १५ उपक्षेत्रीय सरकारी संयन्त्रसहित ७५ सदस्य राष्ट्र रहेका ।

१२. अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?
 बुरुन्डी (सन् २०१७ अक्टोबर २७) ।
– (सदस्यता त्याग्ने दोस्रो राष्ट्र फिलिपिन्स । फिलिपिन्सले सन् २०१८ मार्च १७ मा सदस्यता त्यागको घोषणा गरेको ।)

१३. कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडकमानव मुक्त घोषणा कहिले गरिएको हो ?
 वि.सं. २०७६ माघ ४ ।
– (सो प्रदेशलाई बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन सहयोगापेक्षी सडकमानव मुक्त प्रदेश घोषणा गरिएको ।)

१४. सुदूर पश्चिम प्रदेशद्वारा भिडियो कन्फ्रेन्स प्रविधिको उद्घाटन कहिले गरियो ?
 वि.सं. २०७६ माघ २९ ।
– श्रव्यदृश्य सम्मेलन प्रविधिमार्फत प्रत्येक जिल्लाका समन्वय समिति एवं स्थानीय तहले छलफल गर्न सक्ने ।
– भिडियो कन्फेन्स प्रविधिले पहिलोपटक नौवटै जिल्लालाई जोडेको साथै यसले संसदीय खुलापन र कानुन निर्माणमा सहयोग पुग्ने जनाइएको ।

१५. प्रदेश ५ सरकारले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड, २०७६ कहिले स्वीकृत गरेको हो ?
वि.सं. २०७६ फागुन २ ।
– (सो मापदण्डअनुसार प्रदेशको गौरवको आयोजना हुनका लागि कम्तीमा ५० करोड रुपियाँ लगानी हुनुपर्ने र तीनदेखि पाँच वर्षभित्रमा आयोजनाको निर्माण सम्पन्न गरिसक्नु पर्ने । त्यस्तै सहरी क्षेत्रमा कम्तीमा ५० हजार, ग्रामीणक्षेत्रमा १० हजार र गरिबीको रेखामुनि वा सीमान्तकृत जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्ने भए १० हजार जनसङ्ख्याले लाभ लिन पाउने आयोजनालाई प्रदेश गौरवको आयोजनाका रूपमा लिइने व्यवस्था गरिएको ।)

१६. कुन स्थानीय तहमा एक वडा एक तालको अभियानलाई अघि बढाउन थालिएको छ ?
 घोराही उपमहानगरपालिका (दाङ) ।
– (घोराही उपमहानगरपालिकाले सिँचाइ र पर्यावरणका लागि विशेष योजना बनाई कृत्रिम ताल निर्माण अभियान सञ्चालन गर्न थालेको ।)

१७. ग्रामी अवार्ड २०२० मा चार अवार्ड जित्दै नयाँ इतिहास रच्ने गायिका को हुनुहुन्छ ?
 विली आइलिस ।
– सन् २०२० जनवरी २६ मा अमेरिकाको लस एन्जलसमा आयोजित ६२ औँ अवार्ड समारोहमा उहाँले उत्कृष्ट नवकलाकार, वर्षको उत्कृष्ट रेकर्ड, उत्कृष्ट एल्बम र पप भोकल एल्बमसहित चार ग्रामी अवार्ड जित्नुभएको । विली एकैपटक उपरोक्त चार अवार्ड हात पार्ने पहिलो युवती तथा समग्रमा दोस्रो कलाकार बन्नुभएको । यसअघि सन् १९८१ मा क्रिस्टोफर क्रसले यी विधाका अवार्ड हात पार्नुभएको ।
– समारोहमा अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाको गीत ‘बिकमिङले अडियो बुक विधामा अवार्ड चुमेको । त्यस्तै लेडी गागाको आई विल नेभर लभ अगेनले बेस्ट सङ फर भिजुअल मिडियाको अवार्ड, ट्रेडिसनल पप भोकल एल्बमको अवार्ड लुक नाउले, कन्ट्री सोलो पर्फर्मेन्स राइडको अवार्ड विली नेसनको मी ब्याकहोमले र र्याप एल्बमको अवार्ड टाइलरले जितेका ।

१८. नेपाल तथा एसियाली अध्ययन केन्द्र कहाँ छ ?
 त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा ।
– यो संस्था भाषाविज्ञान, इतिहास, भूगोल, राजनीतिशास्त्र, समाज विज्ञान र धर्मसंस्कृति अध्ययन–अनुसन्धान गर्ने थलोका रूपमा स्थापना भएको ।
– वि.सं. २०२९ साउन १ मा स्थापित इन्स्टिच्युट अफ नेपाल स्टडीलाई वि.सं. २०३४ भदौमा तत्कालीन त्रि.वि. ऐन अनुसार नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) मा रूपान्तरण गरिएको ।
– सिनासले प्रकाशन गर्ने जर्नल विश्वका एक सय १२ मुलुकका विश्वविद्यालयसम्म पुग्ने गरेकोमा हाल ५८ विश्वविद्यालयमा मात्रै पुग्ने गरेको ।
– त्रि.वि.अन्तर्गत सिनाससहित आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्राविधिक अनुसन्धान केन्द्र (सेरिड) सञ्चालनमा रहेका ।

१९. सामान्यतया वस्तु तथा सेवाको आन्तरिक उत्पादन र पैठारीमा लगाइने करलाई के भनी चिनिन्छ ?
 अन्तःशुल्क ।
– सिद्धान्ततः मानवीय स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पार्ने तथा विलासिताका वस्तुमा अन्तःशुल्क लगाउने गरिन्छ । अन्तःशुल्क कर खासगरी उत्पादकको तहमा र पैठारीमा लगाइन्छ । अन्तःशुल्क लाग्ने भनी तोकिएका स्वदेशी उत्पादन वा पैठारी हुने वस्तु वा प्रदान गरिने सेवामा त्यस्ता वस्तु वा सेवा उत्पादन गर्न लाग्ने खर्च र प्रतिष्ठानको नाफा मात्र जोडी हुने मूल्यमा वा निष्कासन भएको परिमाणमा तोकिएको दर अनुसार निष्कासनका बेलामा लाग्ने कर नै अन्तः शुल्क हो ।

२०. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
 वि. सं. २००२ असोज १ ।
– नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी वि.सं. २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थिए ।
– पहिलो पटक रु. १००, रु. १० र रु. ५ दरका कागजी नोट जारी गरिएको थियो ।
– सदर मुलुकीखानाबाट जारी गरिएको ती नोटहरूमा दस्तखत गर्ने खजाञ्ची जनकराज थिए ।

२१. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?
 वि.सं. २०४७ चैत ४ ।
– नागरिक लगानी कोष ऐन, २०४७ अनुसार राष्ट्रको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहन गरी पूँजी वृद्धिका साथै लगानीका अवसर बढाउन तथा पुँजीबजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्य राखी कोषको स्थापना भएको ।
प्रमुख उद्देश्य
– स्वदेश तथा विदेशस्थित नेपाली नागरिकलाई कोषको कार्यक्रममा आबद्ध गर्ने ।
– सामाजिक सुरक्षणसम्बन्धी थप कार्यक्रम सञ्चालन गर्ने ।
– प्राथमिकता प्राप्त क्षेत्रहरू (जलविद्युत् क्षेत्र, पूर्वाधार विकास, उत्पादनशील क्षेत्र, पर्यटन तथा निर्यात प्रवद्र्धन, पुँजीबजारका उपकरणहरू) मा लगानी गर्ने ।
– कोषको रकम न्यून जोखिमका क्षेत्रमा लगानी गर्ने ।
– बजार निर्माता तथा शेयरको थोक खरिद विव्रmी गर्ने ।
– पुँजीबजार सेवाका उपकरण÷औजारहरू प्रभावकारी बनाउने ।

२२. माथिल्लो अरूण अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति छ ?
 १०६१ मेगावाट ।
– जनताको जलविद्युत् कार्यक्रम अन्र्तगत आकर्षक परियोजनाको सूचीमा राखिएको सो आयोजना निर्माणका लागि सरकारले नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वको कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई सर्वेक्षण अनुमति प्रदान (२०७६ कात्तिक) गरेको ।
– मन्त्रिपरिषद्ले गतवर्ष असोजमा सो आयोजनामा सर्वसाधारणको पनि सेयर रहने गरी कम्पनी मोडलमा निर्माण गर्न सहमति दिएको ।
– सङ्खुवासभामा पर्ने यो आयोजना अरुण तेस्रोभन्दा माथि रहेको ।
– वि.सं. २०८३ पुुसभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको निर्माण लागत एक खर्ब २० अर्ब रुपियाँ रहेको ।
– ४९ प्रतिशत सर्वसाधारणको सेयर र विश्व बैङ्क, युरोपेली लगानी बैङ्कको सहुलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन हुने बताइएको ।

२३. आन्तरिक राजस्व विभागले केन्द्रीय बिजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?
 वि.सं. २०७४ मङ्सिर १ ।

२४. नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ?
 सेन्सस गोश्वारा ।
– नेपालमा जनगणना वि.सं. १९६८ देखि सुरु भएको ।
– नेपालमा चौथो जनगणना (वि.सं. १९९८) सम्म हेड काउन्ट(टाउको गन्ती) को रूपमा गणना गर्ने गरिएकोमा पाँचौँ (२००९÷११) बाट वैज्ञानिक गणना सुरु गरिएको ।
– नेपालमा सुरुआती चरणमा ‘सेन्सस’गोश्वाराले जनगणना लिने गरेकोमा वि.सं. २०१८ बाट केन्द्रीय तथ्याङ्क विभागले लिँदै आएको ।
– वि.सं. २०२८ बाट जनगणनामा कम्प्युटरको प्रयोग गर्न थालिएको ।

२५. नेपालमा कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि कति वर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको थियो ?
 पाँचवर्षे ।
– (पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।)

२६. एसडीजी गोल इन्डेक्स–२०१९ मा नेपाल कतिऔँ स्थानमा छ ?
 १०३औँ
– एसडीजीमा निर्धारण गरिएका लक्ष्यहरूको प्रगतिका आधारमा तयार गरिने यो रेङ्किङमा नेपाल ६३.९ अङ्कका साथ सो स्थानमा रहेको ।
– अध्ययनमा १२६ देश समेटिएको सो सूचीको पहिलो पाँच स्थानमा क्रमशः डेनमार्क, स्वीडेन, फिन्ल्यान्ड, फ्रान्स र अस्ट्रिया रहेका । अन्तिम स्थानमा सेन्ट्रल अफ्रिकन रिपब्लिक, चाड, डोमिनिकन रिपब्लिक, कङ्गो र नाइजेरिया रहेका ।

२७. चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलोपटक कहिले प्रदान गरिएको थियो ?
 सन् १९२९ ।
– (सन् १९२९मा स्थापित यो पुरस्कार पहिलोपटक सन् १९२९ मा ‘विङ्स’ चलचित्रलाई प्रदान गरिएको थियो । हालसम्म ‘बेनहुर’ र ‘टाइटानिक’ चलचित्रले सर्वाधिक ११÷११ विधामा ओस्कार आवर्ड जित्न सफल भएका छन् ।)

२८. सरकारले शिक्षा विभागको नाम परिवर्तन गरी के बनाएको छ ?
 शिक्षा तथा मानव स्रोत विकास केन्द्र ।

२९. जिल्ला शिक्षा कार्यालयलाई कहिलेदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको हो ?
 वि.संं २०७४ चैत २९ ।
– (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत २८ मा सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ कार्यालयमा स्थापना गर्न जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएको थियो । मन्त्रालयले जिल्ला शिक्षा अधिकारीलाई नै उक्त कार्यालयको प्रमुख रहेर काम गर्ने व्यवस्था गरेको । देशभर २०१८ सालदेखि जिल्ला शिक्षा कार्यालय रहँदै आएका थिए ।)

३०. नेपालमा रामापिथेकसको् अवशेष कहाँ फेलापरेको हो ?
 तिनाउ –बुटवल) ।
– अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटीका डा. जे. एच हट्चिसन सहित नेपालको त्रिभुवन विश्वविद्यालयका अन्वेषणकर्ताद्वारा सन् १९७९ देखि १९८२ सम्म गरिएको अन्वेषणअनुसार एक करोड दश लाख वर्ष पुरानो रामापिथेकसको बङ्गारा (दाँत) भेटिएको थियो । उक्त बङ्गाराको ‘डमी’ बनाएर सर्वसाधारणको प्रदर्शनका लागि त्रिभुवन विश्वविद्यालयकोे प्राकृतिक सङ्ग्रहालयमा राखिएको छ ।
– यो जीवाषशेषको पहिचानपश्चात् सन् २०१३ मा ‘नेपालका जीवावशेष’ भन्ने टिकटमाला जारी गरिएको । रामापिथेकसको प्रचारप्रसारका लागि तिनाउतट नजिकै रामापिथेकस पार्क निर्माण गरी प्रतीक स्थापना गरिएको छ । साथै पाल्पा जिल्ला र रूपन्देहीको सङ्गम मानिने सिद्धबाबा धामका दुवै समितिको पहलमा तल्लो सिद्धबाबा धाममा ‘रामापिथेकस वनस्पति उद्यान’ निर्माणको कार्य पनि
प्रस्तुतकर्ता : टङ्क के.सी.

  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg
Read More

Banking Career मा प्रतिस्पर्धा बढ्दै

  10:56 PM Arjun Singh Air   No comments

  धेरैले रुचाएको नेपालको निजामती सेवा सङ्गै पछिल्लो समय नेपालको banking क्षेत्रमा पनि युवाहरूको सहभागीता बढ्दै गएको छ । बर्सेनि बिज्ञापन हुने नेपाल को केन्द्र बैंक (NRB) लगायत सरकारी  लगानीका बैंकहरु राष्ट्रिय बाणिज्य बैंक , नेपाल बैंक लि. , कृषि बिकास बैंक हरुको परिक्षामा युवाहरूको सहभागिता उच्च छ । काठमाडौ उपत्यका लगायत देशका विभिन्न सहरहरूमा संचालित ट्युसन सेन्टरहरुमा पनि banking तयारी का विद्यार्थीको उपस्थिति उत्साहजनक छ। पछिल्लो समय बैंक हरुले कर्मचारीलाई दिने सेवासुबिधा , बैंक को कार्य प्रणाली र बैंकमा प्रयोग हुने नवीनतम प्राविधिले बैंकमा career बनाउने हरुको संख्या बढ्दै गएको हो ।

  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg
Read More

Saturday, September 17, 2016

Institution

  2:51 AM Arjun Singh Air   No comments
       Institution
The concept of institution is one of the most important in the entire field of sociology. Institutions are the organs of whole society.
We make a clear about the institution by the following definition.
Definition
•      “Institution may be described as recognized and establish usages governing the relations between individual and groups.”                      -Gingsberg
•      “Institution may be defined as the established form or conditions of the procedure characteristics of group activity.”                                              -MacIver and Page
•      Institution can be defined as a set of interwoven folkways, mores and laws built around one or more function.                                     -Kingsley Davis
•      Institution represent “the social structure and the machinery through which human society organizes, directs and executes the multifarious activates required to satisfy human needs.”                                                                   - H.E. Barnes
From the above definition we should be clear that the social institutions are a kind of established rule which is followed by the member automatically. It is an abstract form. It is a circle or a boundary of different assumptions and social values and norms etc.
Characteristics of Institution
Social in nature
Institutions come into being due to the collective activities of the people. They are essentially social in nature. After all, institutions are the products of the secular and repetitive forms of social relationship of the individuals.  
Universality
Social institutions are universal. They exist in all the societies and existed at all the stages of social development. The basic institutions like family, religion, property and some kind of political institutions are observed even in the tribal or primitive societies.
Standard of norms
An institution must be understood as standardized procedures and norms. They prescribe the way of doing things. They also prescribe rules and regulations that are to be followed. Marriage, as an association, for example, governs the relations between the husband and wife. Similarly, the schools and college has its own rules and procedures.
Means of satisfying needs
Institutions are established by men themselves. They cater to the satisfaction of some basic and vital needs of man. These basic needs are:-
-          The needs for self-preservation
-          The needs for self-perpetuation
-          The needs for self-expression

Control mechanism
Institution like religion, morality, state, government, law, legislation etc., control the behavior of men. These mechanisms preserve the social order and give stability to it. Institutions are like wheels on which human society marches on to-wards the also undergo change.
Ø  Relatively permanent.
Ø  Abstract by nature
Ø  Oral and written traditions
Ø  Synthesizing symbols

Ø  Institution are interrelated etc.

  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg
Read More

Association

  2:49 AM Arjun Singh Air   No comments
   Association
Men have different needs, desires, interest and ends. They have three ways to fulfill their ends. Firstly they may act independently without bothering other; secondly they can seek their ends conflict with other. Finally men may try to fulfill their ends through the cooperation and mutual assistance. On the basis of this cooperative efforts each individual contributing to the end of his fellow men. This co-operative nature refers to the association. When a group or collection of individual organized itself expressly for the purpose of pursuing certain of its interests together on a cooperative pursuit, an association is said to be born.  
Definition
•      An association is “an organization deliberately formed for the collective pursuit of some interest or a set of interest, which its member share.”         -MacIver
•      “An association is a group of people organized for the achievement of a particular interest or interests.”     

Examples:-
ü  Political association: Nepali congress, Nepal communist party, Nepal student union etc.
ü  Religious association: The Biswa Hindu Parisad etc.
ü  Labor association: national trade union.
ü  Professional association: Nepal teacher association.
ü  Economic association: hotel association.
ü  International association: lion clubs, The rotary clubs
Characteristics of Association
A human group
            An association is formed or created by people. It is basically a social group. Without people there can be no association. However, all groups are not associations, because, an association is basically organized group. An unorganized group like crowd or mob cannot be an association.
Common Interest or Interests
            An association is not merely a collection of individuals. It consists of those individuals who have more or less the same interests.
Accordingly, those who have political interests may join political associations, and those who have religious interests may join religious association and so on.
Cooperation sprit
            An association is based on the co-operative spirit of its members. People work together to achieve some definite purposes. For example, a political party has to work together as a united group on the basis of cooperation in order to fulfill its objective of coming to power.
Organization
            Association denotes some kind of organization. An association is known essentially as an organized group. Organization gives stability and proper shape to an association. Organization refers to the way in which the statuses and roles are distributed among the member.
Regulation of relations
            Every association has its own ways and means of regulating the relations of its members. Organization depends on this element of regulation. They may assume written or unwritten forms.
Ø  Association as Agency

Ø  Durability etc.
  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg
Read More

Recording of Transaction

  2:33 AM Arjun Singh Air   No comments
Journal Entries (Books of Original Entry)
Methods of Dr. and Cr.
1-      Account based method
*      Personal Account (Natural &Artificial Person)
*      Impersonal Account (a. Real Account                        b. Nominal Account)
2-      Assets and liabilities Based Method 

Types of Journal
Ø  General Journal
Ø  Compound Journal


Recording of Transaction
1-    Transaction Related to Establishment of Business
Whatever invest in business                           XX
Capital                                                                         XX
(To record business started with……………….)
2-      Transaction Related to Purchase
I)                    For Transaction Purchase
a-      Cash purchase
Purchase Dr.                                 XX
Cash Cr.                                                     XX
(To Record purchase made or cash)
b-      Credit Purchase
Purchase Dr.                                 XX
Accounts Payable                                      XX
(To record goods purchase on credit)
II)                  For non-transactional Purchase 
a-      Cash Purchase
………………Dr.                           XX
Cash                                                     XX
(To record …………..assets purchase or cash)
b-      Credit Purchase
…………..Dr.                              XX
Accounts Payable                                XX
(To record ………assets purchased as credit)
3-    Transaction Related to Sales  
I-                    For Transactional Sales
a-      Cash sale
Cash accounts Dr.                XX
Sales/services records                     XX
(To Record cash sales made)
b-      Credit Sale
Accounts Receivable            XX
Sales/ services revenue                   XX
(To record sales made or credit)


II-                  Non- Transactional Sale
a-      Cash Sales
Cash Dr.                               XX
……..Assets                                        XX
(To record ……assets sold on cash)
b-      Credit Sales
Accounts receivable Dr.       XX
…….Assets                                         XX
(To Record……assets sold on credit)
4-    Discount Related Transactions
I-Cash Discount
II-Trade Discount
For Cash Discount
a-      When discount received
Account Payable Dr.                        XX
Discount                                                       XX
(To record cash paid and discount received)
b-      When discount Provided
Discount Dr.                                     XX
Account Receivable                                     XX
(To record cash settlement of the account receivable )
5-      Interest on Capital and Interest on Drawing
a-      Interest on capital
Interest on capital Dr.                      XX
Capital                                                          XX
(To Record interest on capital adjusted)
b-      Interest on Drawing
Drawing Dr.                                     XX
Interest on Drawing                                     XX
(To Record interested on drawing adjusted)
6-    Notes Receivable Transactions
a-      When provided cash as loan
b-      When credit sale made
c-      From conversion of accounts payable
Note Records Dr.                             XX
Cash                                                             XX

(To Record notes receivable issue)
  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg
Read More

Differences between society and community

  2:31 AM Arjun Singh Air   No comments
Differences between society and community

Society
Community
1.      Society is a web of social relation.
2.      A definite geographical area is not an essential aspect of society.
3.      Society is an abstract.
4.      ‘Community sentiment’ or a sense of ‘we-feeling’ may be present or may not be present in society.
5.      Society is wider. There can be more than one community in a society.
6.      The objective or interests of society are more extensive and varied.
7.      Society involves both likeness and difference. Common interests are present in society.
1.      Community consists of group or individuals living in a particular area with some degree of ‘we feeling’
2.      Community always denotes a definite locality or geographical area.
3.      Community is a concrete.
4.      ‘Community sentiment’ is an essential element of community. There can be no community in its absence.
5.      Community is smaller than society.
6.      The objectives and interests of a community are comparatively less extensive and varied.
7.      Likeness is more important than differences in community. There is common agreement of intersects and objectives on the par of members.
  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg
Read More
Newer Posts Older Posts Home
Subscribe to: Posts (Atom)
  • Popular Post
  • Video
  • Category

Popular Posts

  • अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण प्रश्नहरु
      अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण प्रश्नहरु १) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? सन् १९४५ अक्टुवर २४ २) संयुक्त रा...
  • Association
        Association Men have different needs, desires, interest and ends. They have three ways to fulfill their ends. Firstly they may act ...
  • Institution
            Institution The concept of institution is one of the most important in the entire field of sociology. Institutions are the organs...
  • Society
             Society Society is a fundamental term of sociology. The term is derived from the Latin word “socius”, which means Companion ...
  • Community
          Community The term community is very loosely used. It is given different interpretation to meant different things like : religiou...
  • भाद्र १० गते गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)
     भाद्र १० गते गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) १. राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन कहिले भएको हो ?  वि...
  • Recording of Transaction
    Journal Entries (Books of Original Entry) Methods of Dr. and Cr. 1-       Account based method       Personal Account (Natural &A...
  • बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४
    १. वि.सं. २०७७ भदौ २२ मा मनाइएको १७ औँ निजामती सेवा दिवसको नारा के हो ?  स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन नेपालमा वि.सं. २०...
  • Differences between society and community
    Differences between society and community Society Community 1.       Society is a web of social relation...
  • लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४
      १. नेपालको संविधानअनुसार देहायका व्यक्तिले आफ्नो पद तथा गोपनीयताको शपथ को समक्ष लिने व्यवस्था छ ?  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्र...

Video Of Day

Popular Posts

  • अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण प्रश्नहरु
      अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण प्रश्नहरु १) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? सन् १९४५ अक्टुवर २४ २) संयुक्त रा...
  • Association
        Association Men have different needs, desires, interest and ends. They have three ways to fulfill their ends. Firstly they may act ...
  • Institution
            Institution The concept of institution is one of the most important in the entire field of sociology. Institutions are the organs...
  • Society
             Society Society is a fundamental term of sociology. The term is derived from the Latin word “socius”, which means Companion ...
  • Community
          Community The term community is very loosely used. It is given different interpretation to meant different things like : religiou...
  • भाद्र १० गते गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)
     भाद्र १० गते गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) १. राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन कहिले भएको हो ?  वि...
  • Recording of Transaction
    Journal Entries (Books of Original Entry) Methods of Dr. and Cr. 1-       Account based method       Personal Account (Natural &A...
  • बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४
    १. वि.सं. २०७७ भदौ २२ मा मनाइएको १७ औँ निजामती सेवा दिवसको नारा के हो ?  स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन नेपालमा वि.सं. २०...
  • Differences between society and community
    Differences between society and community Society Community 1.       Society is a web of social relation...
  • लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४
      १. नेपालको संविधानअनुसार देहायका व्यक्तिले आफ्नो पद तथा गोपनीयताको शपथ को समक्ष लिने व्यवस्था छ ?  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्र...

Blog Archive

  • ▼  2020 (8)
    • ▼  September (4)
      • अन्तर्राष्ट्रिय संघ संस्थाबारे एकदमै महत्त्वपूर्ण ...
      • बस्तुगत लोकसेवा सामग्री गोरखापत्र भाद्र २४
      • लोकसेवा सामाग्री गोरखापत्र २०७७/५/२४
      • लोकसेवा तयारी सामग्री २०७७ भाद्र १७
    • ►  August (4)
  • ►  2016 (7)
    • ►  September (7)

Headline

Integer elementum massa at nulla placerat varius. Suspendisse in libero risus, in interdum massa. Vestibulum ac leo vitae metus faucibus.

Followers

Top Sites

  • popcornradio.com
  • Pidza
  • weechi.com
  • gmdm.rocks
  • xmlbloggertemplates.com
Copyright © अर्जुन सिंह ऐर | Powered by Blogger Design by XML Blogger Templates