धेरैले रुचाएको नेपालको निजामती सेवा सङ्गै पछिल्लो समय नेपालको banking क्षेत्रमा पनि युवाहरूको सहभागीता बढ्दै गएको छ । बर्सेनि बिज्ञापन हुने नेपाल को केन्द्र बैंक (NRB) लगायत सरकारी लगानीका बैंकहरु राष्ट्रिय बाणिज्य बैंक , नेपाल बैंक लि. , कृषि बिकास बैंक हरुको परिक्षामा युवाहरूको सहभागिता उच्च छ । काठमाडौ उपत्यका लगायत देशका विभिन्न सहरहरूमा संचालित ट्युसन सेन्टरहरुमा पनि banking तयारी का विद्यार्थीको उपस्थिति उत्साहजनक छ। पछिल्लो समय बैंक हरुले कर्मचारीलाई दिने सेवासुबिधा , बैंक को कार्य प्रणाली र बैंकमा प्रयोग हुने नवीनतम प्राविधिले बैंकमा career बनाउने हरुको संख्या बढ्दै गएको हो ।